+
+
Shares

भोजपुर सामूहिक हत्याः पोष्टमार्टमका लागि चारै जनाको शव जिल्ला अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा चारजनाको सामुहिक हत्या भएको घटना भएको हो।
  • प्रहरीले आरोपमा पक्राउ गरेको राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाएको छ।
  • घटनाको प्रारम्भिक कारण ससुरालीबाट फर्काउन नमानेको विवाद हुन सक्ने प्रहरीको आशंका छ।

२२ असार, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न जिल्ला अस्पताल लगिएको हो ।

गएराति १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको छुरा प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईलाई पक्राउ गरेको छ ।

राति उनले नै प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले चारै जनालाई मृत अवस्थामा फेला पारेको थियो । राईलाई भने वडा नं. १ मा रगताम्ये अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।

भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । तर, उनलाई फर्काउन नमानेपछि विवाद भएको र त्यही कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?