+
+

जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते २०:४९

१९ माघ, सर्बियन खेलाडी नोभाक जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतवार भएको पुरुषतर्फको फाइनलमा जोकोभिचले पहिलो पटक फाइनल पुगेका डोमिनिक थिमलाई ५ सेट चलेको खेलमा ३-२ ले पारजित गरे ।

पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थिमले दवस्रो सेट ६-४ र तेस्रो सेट ६-२ ले जित्दै खेलमा २-१ को अग्रता बनाएका थिए ।

चौथो सेट जोकोभिचले ६-३ दे जित्दै खेल बराबरीको अवस्थामा पुर्याेए । पाँचौ तथा निर्णायक सेट ६-४ ले जित्दै जोकोभिचले मलेवर्नमा आठौं पटक उपाधि जितेका हुन् ।

३२ वर्षीय जोकोभिचले ग्राण्डसलाम उपाधि संख्या १७ पुर्यािएका छन् । उनी सर्वाधिक उपाधि जित्नेमा रोजर फेडेरर र राफायल नाडाल भन्दा पछि छन् । फेडेररले २० र नाडालले १८ ग्राउण्डसलाम उपाधि जितेका छन् । जोकोभिचले ५ पटक विम्बलडन ओपन, ३ पटक युएस ओपन र १ पटक फ्रेन्च ओपन पनि जितेका छन् ।

तेस्रो पटक ग्राण्ड्सलाम फाइनल खेलेका थिमको उपाधि जित्ने चाहना अझै अधुरै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?