Comments Add Comment

ए डिभिजन लिगमा आज मनाङ र च्यासल तथा जावलाखेल र ब्रिगेड भिड्दै

२० माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सोमबार दशौँ चरणका दुई खेल हुँदैछन् । मध्यान्न १२ बजे जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब तथा दिउँसो ३ बजे साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र च्यासल क्लबबीच खेल हुनेछ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ। यसअघि दशौँ चरणका चार खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलाइएको थियो ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको मनाङलाई आजको खेल जित्नै पर्ने अवस्था छ । ९ खेलबाट १९ अंकसहित मनाङ तेस्रो स्थानमा छ। समान खेलबाट २३ अंक जोडेर त्रिभुवन आर्मी शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ । मनाङले च्यासललाई पराजित गरेमा मछिन्द्रसंग अंक बराबरी गर्नेछ ।

यस सिजन अपराजित एक्लो टिम रहेको मनाङले ५ खेल जित्दा ४ खेलमा बराबरी गरेको थियो ।

उता सिजनको पहिलो खेलमाै साविक उपविजेता संकटालाई पराजित गरेको च्यासलले त्यसयता उही लयमा खेल्न सकेको छैन । ९ खेल खेल्दा २ जित र ३ बराबरीबाट ९ अंक जोडेको च्यासलले ४ खेल हारिसकेको छ। ९ खेलबाट ९ अंक नै रहेको च्यासल दशौँ स्थानमा छ । मनाङविरुद्ध अप्रत्यासित नतिजा निकालेमा च्यासलको रेलिगेसन टर्नेछ ।

त्यसअघि हुने खेलमा ललितपुरे डर्बीमा जावलाखेल र ब्रिगेड भिड्नेछन् । जावलाखेल ९ खेलबाट १२ अंकसहित आठौं स्थानमा छ भने समान खेलबाट ८ अंकसहित एघारौँ स्थानमा छ । ब्रिगेडलाई हराउन सके जावलाखेल शीर्ष ६ मा पुग्नेछ । यस्तै जावलाखेलविरुद्ध जित हात पारेमा ब्रिगेड पनि रेलिगेसनको डरबाट भाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment