Comments Add Comment

प्राङ्गारिक कृषि व्यवसाय व्यवस्थित गर्न प्रवर्द्धन ईकाई गठन

२१ माघ, काठमाडौं । प्राङ्गारिक कृषि व्यवसाय व्यवस्थीत बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रवर्द्धन ईकाई सञ्चालनमा ल्याएको छ ।

मानव स्वस्थ्य र प्राङ्गारिक पर्यावरणीय सन्तुलनका लागि चर्चामा रहेको तर व्यवस्थित नभएको कृषि व्यवसाय संरक्षणका लागि यस्तो ईकाई स्थापना भएको मन्त्रालयका सहसचिव प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

माघ १४ गतेको सचीवस्तरीय निर्णयबाट गठित ईकाईले व्यवसायीमैत्री कानून र मापदण्ड बनाउने, नयाँ र व्यवसायिक किसिमको कार्यक्रम तर्जुमा गर्ने, कार्यक्रमहरुको अनुगमन र सहजीकरण गर्ने केसीले बताए ।

‘अर्गानिक नाम दिएर बजारमा उपलब्ध हुने कृषि उपजको व्यवसायिक विकासका लागि ईकाईले काम गर्छ,’ सहसचिव एवम् प्रवक्ता केसीले भने ।  गत वर्ष गठित उच्चस्तरीय प्राङ्गारिक कृषि प्रर्बद्धन कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा यस्तो ईकाई गठन भएको मन्त्तालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment