+
+

घाम ताप्न सडकमा बसेकी महिलाको कारको ठक्करबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १६:३०

२४ माघ, विराटनगर । विराटनगरमा कारको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– ६ स्थित सम्झना चोकको भित्री सडकमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट स्थानीय ५५ वर्षीया जागोदेवी कामतको मृत्यु भएको हो ।

दिउँसो घर बाहिर सडकमा घाम तापीरहेको अवस्थामा पश्चिमबाट पूर्व तर्फ तीब्र गतिमा आउँदै गरेको कारले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते महिलालाई उपचारका लागि न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?