Comments Add Comment

नेपाल ट्रस्टको जग्गा हत्याउने पूर्वराजकुमारीको प्रयास संवैधानिक इजलासबाट खारेज

१० दिनमै बिग्रियो कोरोनाको लक्षण जाँच्ने थर्मल स्क्यानर

२५ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले फरक–फरक विषयलाई समाचार बनाएका छन् ।

नेपाल ट्रस्टको १५ रोपनी जग्गा हत्याउने पूर्वराजकुमारी प्रेरणाको अन्तिम प्रयास पनि संवैधानिक इजलासबाट खारेज भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर आफ्नो बनाउने उनको अन्तिम प्रयास विफल भएको हो । नयाँ पत्रिकाका अनुसार जग्गा दाबी गर्दै प्रेरणाले दायर गरेको रिट शुक्रबार सर्वोच्चले खारेज गरिदिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २१ पुस ०७३ मै सो जग्गा ट्रस्टको हुने अन्तिम फैसला गरेको थियो । तर प्रेरणाले ट्रस्ट नै खारेज गर्नुपर्ने माग गर्दै संवैधानिक इजलासमा रिट दायर गरेकी थिइन् ।

त्यस्तै, ललितानिवासको जग्गा बकसमा लिनेहरूको नाम पनि नयाँ पत्रिकाले आज सार्वजनिक गरेको छ । समाचार अनुसार बैकुण्ठ शर्मा, उर्मिला शाह, सोदाकुमारी चापागाईं, भवनकुमारी चापागाईं, मोहनप्रसाद भट्टराईलगायतले ललितानिवास जग्गा बकसमा लिएको पाइएको छ ।

प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । कोरोना संक्रमण नेपालमा पनि भेटिएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याए पनि १० दिन नबित्दै बिग्रिएको हो ।

खाना पकाउने एक सिलिन्डर ग्यास किन्न हुम्लीले ८ हजार तिर्नुपर्ने बाध्यताबारे पनि नयाँ पत्रिकाले समाचार बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थल, जल र हवाई तीनवटै माध्यमबाट नेपालको विश्वमा कनेक्टिभिटी बढ्ने क्रममा रहेको र यसले विकास तथा समृद्धिमा अत्यधिक सम्भावना ल्याउने भनेर व्यक्त गरेको भनाइलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ ।

कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा बोल्दै प्रधानमन्त्री ओलीले विशेष गरी चीन र भारतसँगको कनेक्टिभिटीले प्रचुर सम्भावनाको आधार तयार गर्ने बताएको समाचारमा उल्लेख छ ।

बढी शुल्क लिने कलेजसँग स्पष्टीकरण सोधिएकोदेखि हुम्लाका एकै गाउँका ३ सय ६५ बिरामी परेकोलगायत खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ ।

चीनबाट नेपाली विद्यार्थी ल्याउन भइरहेको ढिलाइबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ भने गैरकर वृद्धिको जनस्तरमा विरोध भएको खबर गोरखापत्रले छापेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment