Comments Add Comment

करोडौं तलब खाने व्यक्ति स्याण्डविच चोर्दाचोर्दै समातिएपछि…

मान्छेको मन कति लोभी हुन्छ भन्ने कुरा बेलायतका एकजना बैंकरले पुष्टि गरेका छन् । वार्षिक करोडौं रुपैयाँ तलब भत्ता खाने ती कर्मचारीले स्याण्डविच चोरेको पाइएपछि जागिरबाटै हात धुनुपरेको छ ।

लण्डनस्थित सिटी बैंकमा कार्यरत ती व्यक्ति बैंककै क्यान्टिनबाट स्याण्डविच चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

ती कर्मचारकिो नाम पारस शाह हो । नाम सुन्दैमा तपाईं झुक्किनुभयो होला । तर अचम्ममा नपर्नुस्, यी व्यक्ति भारतीय मूलका हुन् ।

वार्षिक १० लाख पाउण्डभन्दा धेरै तलब भत्ता भएका पारसको चोर्ने बानीचाहिँ गएको रहेनछ । उनले धेरैपटक त्यसरी स्याण्डविच चोरिसकेको अनुमान गरिएको छ ।

पारस शाह उक्त बैंकको सबैभन्दा वरिष्ठ क्रेडिट ट्रेडर थिए । उनी सिटी बैंकको त्यस विभागको प्रमुख थिए जुन विभागले युरोपका साथै मध्यपूर्व एसिया तथा अफ्रिकामा बण्डको कारोबार गर्दछ । साथै उनले सेक्योरिटी तथा रिस्क म्यानेजमेन्टको क्षेत्रमा पनि काम गर्दथे ।

पारस शाहले सन् २०१० मा युनिभर्सिटी अफ बाथबाट आफ्नो पढाइ पूरा गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment