Comments Add Comment

यस्तो ग्रह जहाँ लगातार ४२ वर्षसम्म दिन र ४२ वर्षसम्म रात हुन्छ

सौर्यमण्डलमा भएका आठवटा ग्रहहरुमध्ये तेस्रो ठूलो ग्रह हो अरुण । यसलाई अंग्रेजीमा युरेनस भनिन्छ । यो ग्रहलाई ग्यास दानव पनि भन्ने गरिन्छ किनकी यसमा ढुंगा माटोको साटो अधिकतम पिण्ड ग्यासले बनेको छ र आकार पनि विशाल छ ।

सौर्यमण्डलमा टेलिस्कोपबाट पत्ता लागेको पहिलो ग्रह हो अरुण । यो ग्रहका केही रोचक तथ्य यस्ता छन्ः

– अरुण ग्रहले १७ घण्टामा आफ्नो अक्षमा परिक्रमा पूरा गर्दछ । अर्थात् अरुण ग्रहमा १७ घण्टाको दिन हुन्छ । सूर्यलाई एकपटक परिक्रमा गर्न चाहीँ अरुण ग्रहले ८४ वर्ष लगाउँदछ । अर्थात् अरुण ग्रहको एक वर्ष पृथ्वीमा ८४ वर्ष बराबर हुन्छ ।

– अरुण ग्रहले सूर्यलाई परिक्रमा गर्न ८४ वर्ष लगाउँछ । जसका कारण त्यहाँ ४२ वर्षसम्म लगातार दिन हुन्छ र अर्को ४२ वर्षसम्म लगातार रात हुन्छ । अरुण ग्रह सूर्यको परिक्रमा गर्ने क्रममा आधा समय यसको एउटा ध्रुव सूर्यतिर फर्केको हुन्छ र अर्को आधा समय अर्को ध्रुव सूर्यतिर फर्किन्छ । जसका कारण विपरित ध्रुवतर्फ अन्धकार हुन्छ ।

– अरुण ग्रह सूर्यभन्दा ३ अर्ब किलोमिटर टाढा छ । यो निकै चिसो छ र न्यूनतम तापक्रम माइनस २२४ डिग्री सेल्सियस रहेको छ ।

– अरुण ग्रहका २७ वटा चन्द्रमा रहेका छन् ।

– अरुण ग्रहमा मिथेन ग्यासको अधिकता, तापक्रम तथा तिव्र हावाका कारण हिराको वर्षा हुन्छ ।

– अरुण ग्रहमा सूर्यको किरण पुग्न ४० मिनेट लाग्दछ । जबकी पृथ्वीमा सूर्यको किरण आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्दछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment