Comments Add Comment

शेखको हत्या प्रकरण : ढुंगाले हाने, संवेदनशील अंग काटेर जलाए

२४ माघ, काठमाडौं । झापाको चारपानेमा भारतीय नागरिक सुवान शेखको हत्या गरी जलाएको खुलेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा पनि लिएको छ ।

२१ माघको विहान विर्तामोड २ चारपानेमा एक व्यक्तिको शव जलाएको अवस्थामा भेटिएको थियो । मृतक भारत घर भई करिव १० वर्षदेखि चारपाने क्षेत्रमा बस्दै आएका ४० वर्षका सुवान शेख भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार २० गते मादक पदार्थ सेवन गरेका करण चौधरी र लक्ष्मण यादवको शेखसँग विवाद भएको थियो । त्यहाँबाट गएका उनीहरु फेरि त्यही ठाउँमा आइपुग्दा पनि शेखलाई भेटेपछि थप विवाद भएको र त्यही क्रममा ढुंगाले हानेका थिए । ढुंगा लागेर बेहोस भएपछि करण र लक्ष्मणले घिसारेर खेतमा लगे ।

चक्कुले शेखको संवेदनशील अंग काटेर फाले र परालले छोपेर आगो लगाए । पक्राउ परेकाहरुले दिएको बयानअनुसार विवादका क्रममा अश्लील गाली गरेको रिस र छिटो मर्छ भनेर संवेदनशील अंग काटेर फालेको बताएका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कुसहित दुवैलाई पक्राउ गरी सार्वजनिक गरेको छ र थप अनुसन्धान गरी कारबाही अगाडि बढाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment