+
+

फेसबुक र मेसेन्जरको ट्वीटर अकाउन्ट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १७:२०

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया प्लाटर्फम फेसबुक तथा उसको मेसेन्जर प्लाटर्फमको आधिकारिक ट्वीटर अकाउन्ट ह्याक भएको छ । फेसबुक र मेसेन्जरको ट्वीटर अकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको हो ।

थर्ड पार्टी प्लाटर्फम मार्फत् फेसबुक तथा मेसेन्जरका ट्वीटर अकाउन्ट ह्याक भएको ट्वीटरका प्रवक्ताले इमेल विज्ञप्तिमार्फत् जनाएका छन् ।

अकाउन्ट ह्याक भएको घटना थाहा पाएलगत्तै फेसबुक तथा मेसेन्जरका ट्वीटर अकाउन्ट तत्कालका लागि लक गरिएको र समस्या समाधानका लागि फेसबुकसँग सहकार्य गरिरहेको ट्वीटरको भनाइ छ ।

आफ्नो ट्वीटर अकाउन्ट ह्याक भएको कुरा फेसबुकले पनि स्वीकार गरेको छ ।

फेसबुकका प्रवक्ता जोए ओस्बर्न भनेका छन्, ‘हाम्रा केही कर्पोरेट सोसल अकाउन्टहरु केही क्षणका लागि ह्याक गरिएका थिए र अहिले हामीले ती अकाउन्टहरुलाई सुरक्षित बनाइसकेका छौँ ।’

स्मरण रहोस् ट्वीटरका सिइओ ज्याक डोर्सी स्वयंको ट्वीटर अकाउन्ट गत अगष्टमा ह्याक भएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?