+
+
Shares

सेती खोँचमा खसेका युवकको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १७:३०
फाइल तस्वीर ।

२७ माघ, पोखरा । पोखरास्थित सेती नदीको खोचमा खसेर अड्किएका एक युवकलाई सोमबार प्रहरीले उद्धार गरेको छ ।

सेतीको खोँचमा खसेका म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३ वर्षीय आकाश गुरुङलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदामको टोलीले उद्धार गरेको हो ।

पोखरा महानगरपालिका-९ पार्वती टोलस्थित सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा गुरुङ खोचमा खसेका प्रहरीले जनाएको छ ।

उद्धार गरिएका गुरुङको अवस्था समान्य रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?