
२८ माघ, काठमाडौं । अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले विधानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएको छ । ४० स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म आपले ३७ स्थानमा जित हासिल गरिसकेको छ । सरकार गठनका लागि ३६ सिट पर्याप्त छ ।
अझै २५ स्थानमा आपले अग्रता हासिल गरेको भारत निर्वाचन आयोगले जनाएको छ । ७० सदस्यीय विधानसभाका लागि गत शनिबार मतदान भएको थियो ।
आपले २०१५ को निर्वाचनमा ६७ सिट जितेको थियो । त्यतिबेला ३ स्थानमा जितेको भारतीय जनता पार्टी (भाजपा)ले गत निर्वाचनको तुलनामा केही सुधार गरेको छ । भाजपाले ३ सिट जितीसकेको छ भने ५ स्थानमा अग्रता लिएको छ ।
विधानसभामा एक जना पनि सदस्य नरहेको भारतीय नेसनल कंग्रेसले यसपटक पनि खाता नखोल्ने निश्चित जस्तै देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4