+
+
Shares

वीरगञ्ज नाकामा १४ चिनियाँसहित ४० विदेशीकाे स्वास्थ्य जाँच

सुरेश बिडारी सुरेश बिडारी
२०७६ माघ २९ गते १८:३४

२९ माघ, वीरगञ्ज । कोरोना भाइरसका परीक्षणका लागि वीरगञ्जका नाकामा हेल्थ डेस्क राखिए पनि सुनसान छ । चीनबाट कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत फैलन थालेपछि यहाँ पनि ३ जना स्वास्थ्यकर्मीसहित २४ घण्टा सेवा दिने गरी ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।

शंकराचार्य गेटनजिक पहिले इमिग्रेसनको अफिस भएको सानो भवनमा स्थापना गरिएको हेल्थ डेस्क परिसरमा वीरगञ्ज महानगरपालिकाबाट खटाइएका हेल्थ असिस्टेन्ट एमडी सैनुल्लाह हवारी भेटिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सीमा क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेपछि महानगरपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

वीरगञ्ज नाका हुँदै नेपाल आएका १४ जना चिनियाँ, ५ जना युक्रेन, ६ जना भियतनाम, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, इजरायल जस्ता देशबाट आएका ४० जना विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

हेल्थ डेस्कमा कोरोना भाइरसका बारेमा जानकारी लेखिएको पर्चा, दराज, सोफा सेट, स्वास्थ्यकर्मी बस्ने कुर्सी टेबल र एउटा बेड छ । त्यसबाहेक प्रेसर जाँच्नेलगायत केही स्वास्थ्यसँग सम्बन्धित उपकरण छ ।

यसबीचमा वीरगञ्ज नाका हुँदै नेपाल आएका १४ जना चिनियाँ, ५ जना युक्रेन, ६ जना भियतनाम, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, इजरायल जस्ता देशबाट आएका ४० जना विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

हेल्थ असिस्टेन्ट हवारीका अनुसार हेल्थ डेस्क स्थापनापछि चिनियाँलगायत तेस्रो मुलुकबाट आएका नागरिकको प्राथमिकताका साथ स्वास्थ्य जाँच गर्ने गरिएको छ ।

‘इमिग्रेसन अफिसमा विदेशी नागरिक आएपछि उताबाट हामीलाई जानकारी दिनुहुन्छ । अनि हामी गएर कोरोना भाइरस संक्रमणको लक्षण छ कि छैन सोध्छौं । ब्लड प्रेसर, शरीरको तापक्रम नाप्छौं, टनशिलको अवस्था हेछौं,’ हवारीले भने, ‘लक्षणको बारेमा जानकारी लिने हो । अहिलेसम्म सबै सामान्य अवस्थामा रहेको पाएका छौं, शंकास्पद अवस्थामा भेटिए नारायणीमा रिफर गरिन्छ ।’

उनका अनुसार तेस्रो मुलुकका बाहेक केही दक्षिण भारतीय नागरिकको पनि ‘स्कृनिङ’ गरिएको छ । तर वीरगञ्ज नाका हुँदै नेपाल छिर्ने हजारौं नागरिकको स्वास्थ्य परीक्षण नाकामा हुन्न । हेल्थ डेस्कमा बसेका महानगरपालिकाका कर्मचारी कामविहीन छन् ।

तर नगर प्रमुख विजयकुमार सरावगी नाकामा ‘हेल्थ डेस्क’ त्रिभुवन विमानस्थलमा जसरी नै विदेशी नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बताउँछन् । ‘पहिलेदेखि कै योजना थियो, कर्मचारी व्यवस्थापन गर्न समय लाग्यो, स्थापना हुँदाको संयोग कोरोना भाइरसको संक्रमणको बेला परेको हो,’ उनले भने, ‘कोरोनाको कोलाहल सकिएपछि पनि हेल्थ डेस्क रहन्छ ।’

तर इक्युपमेन्ट त्रिभुवन विमानस्थलमा जस्तै छ त ? भन्ने जिज्ञासामा नगर प्रमुख सरावगीले भने, ‘के के आएको छ, त्यो त मलाई थाहा छैन ।’

नाका हुँदै वर्षेनी १२ सयको हाराहारीमा तेस्रो मुलुकबाट पर्यटक आउने गरेको र उनीहरुकै स्वास्थ्य परीक्षणका लागि हेस्थ डेस्क राखिएको नगर प्रमुख सरावगी बताउँछन् ।

खुला सीमा र कुनै कागजपत्र नचाहिने हुँदा दैनिक हजारौंको संख्यामा आउने भारतीय नागरिकको स्वास्थ्य परीक्षण गरेर सम्भव नहुने उनको भनाइ छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?