Comments Add Comment

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

२८ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रालिका बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु व्ाा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

सम्झौताबमोजिम अबम्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको नेपाल भररहेको ८९ वटा शाखाहरुबाट सहजरुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment