+

नेपालमा प्रशिक्षण दिइसकेका वाटमोर बने सिंगापुरको नयाँ प्रशिक्षक

२०७६ फागुन  २ गते ९:२३ २०७६ फागुन २ गते ९:२३
नेपालमा प्रशिक्षण दिइसकेका वाटमोर बने सिंगापुरको नयाँ प्रशिक्षक

काठमाडौं । लेजेण्ड्री क्रिकेट प्रशिक्षक डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षक बनेका छन् । सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई यही फेब्रुअरी अन्तिमबाट थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेटका लागि प्रशिक्षक चयन गरेको जनाएको छ ।

वाटमोरले यसअघि नेपाल आएर पनि प्रशिक्षण दिएका थिए ।

सन् २०१७ मा नेपालले घरेलु मैदानमा केन्यासँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नुअघि वाटमोर नेपाल आएका थिए । ब्याट एण्ड बल फाउण्डेसनको निमन्त्रणामा नेपाल आएका उनले एक साता नेपाली खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

सन् १९९६ मा उनकै प्रशिक्षणमा श्रीलंकाले ओडिआई विश्वकप जितेको थियो ।

यस्तै नेपालको फिटनेस ट्रेनर रहिसकेका राजेश चौहान सिगापुर टिमको स्ट्रेन्थ एण्ड कन्डिसन कोचका रुपमा काम गरिरहेका छन् ।

सिंगापुरले फास्ट बलर अमजाद महबुबको कप्तानीमा इस्टर्न रिजनका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय