Comments Add Comment

माधव नेपाल र बाबुरामविरुद्धको रिटमाथि प्रधानन्यायाधीशको इजलासमा सुनुवाइ हुँदै

२ फागुन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा सो रिटमाथि सुनुवाइ हुन लागेको हो ।

न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णयमा अनुसन्धान गर्न नमिल्ने कानुनका कारण पूर्वप्रधानमन्त्रीहरुको सन्दर्भमा बोलेको छैन । न्यौपानेले भने सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय नीतिगत हुन नसक्ने दावी रिटमा गरेका छन् ।

रिट निवेदनमा ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न तत्कालीन मन्त्रिपरिषदका सबै सदस्यमाथि मुद्दा चलाउन माग गरिएको छ ।

न्यौपाने २५ वर्षअघि पनि यस्तै रिट लिएर सर्वोच्च अदालतमा गएका थिए । त्यसबेला सर्वोच्चले मन्त्रिपरिषदको निर्णय अख्तियारको छानविनको दायरामा नआउने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment