+
+

सावित्राको निर्णायक गोलमा गोकुलम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १६:४०

काठमाडौं । नेपाली खेलाडी सावित्रा भण्डारीले निर्णायक गोल गरेपछि गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा क्रिस्पा एफसीलाई ३-२ ले पराजित गर्दै गोकुलम पहिलो पटक च्याम्पियन बनेको हो ।

गोकुलमका लागि नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्राले ८७औं मिनेटमा निर्णायक गोल गरिन् ।

त्यसअघि गोकुलमले दुई  गोलको अग्रता लिएपनि क्रिस्पाले बराबरी गरेको थियो । तर सावित्रा निर्णायक बन्दा गोकुलम विजयी भयो ।

खेलको पहिलो मिनेटमै प्रमेश्वरी देवीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् । २५औं मिनेटमा कमला देवीले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।

३४औं मिनेटमा क्रिप्साकी कप्तान डाङमाई ग्रेसले गोल गर्दै गोल अन्तर कम पारिन् । ७३औं मिनेटमा रतनबाला देवीले क्रिस्पाका लागि बराबरी गोल फर्काइन् । त्यसपछि सावित्राले खेल सकिन ३ मिनेट अघि गोल गर्दै गोकुलमको जित पक्का गरिन् ।

सावित्राले खेलेको सबै खेलमा गोल गरिन् । उनले समूह चरणमा पाँचवटै खेलमा गोल गरेकी थिइन् । यस्तै सेमिफाइनलमा साविक विजेता तथा आफ्नै पूर्व क्लब सेथु एफसीविरुद्ध पनि गोल गरिन् । लिगभर उनले कुल १६ गोल गरिन् ।

गत सिजन सावित्रा र अनिता बस्नेतले सेथुबाट खेल्दै उपाधि जितेका थिए । यस सिजन अनिताले सेथु बाट खेल्दा सावित्रा भने नयाँ क्लब गोकुलम केरला गएकी थिइन् । यस टिमलाई पनि च्याम्पियन बनाउन सहयोग गरेकी उनले लगातार दोस्रो पटक दुई फरक क्लबबाट उपाधि जितिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?