Comments Add Comment

कोरोना भाइरस चमेरोबाट फैलिएको हो ?

कोरोना भाइरस चमेरोबाट फैलियो अथवा अन्य जीवहरुबाट भन्ने कुरा अहिलेसम्म स्पष्ट रुपमा प्रमाणित भइसकेको छैन । तर, प्रायः अनुसन्धानहरुले यो भाइरस चमेरोबाट नै फैलिएको संकेत गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि गएको मंगलबार आफ्नो बयानमा यसतर्फ नै संकेत गरेको थियो । डब्ल्यूएचओका अनुसार चमेरोमा कोरोना भाइरस भएका प्रमाणको संख्या पनि दिन-दिनै बढीरहेको छ ।

संसारभरीमा प्रायः जसो भाइरस चमेरोबाट नै किन फैलने गर्छ ? यो एउटा गम्भीर प्रश्न हो । हाम्रो छिमेकी देश भारतमा निपाह, अन्य देशहरुमा इबोला र रेबिज जस्ता भाइरसहरु फैलनुको कारण पनि चमेरो भएको प्रमाणित भइसकेको छ । अनुसन्धानहरुमा चमेरो र कोरोना भाइरसको सम्बन्धको बारेमा पढ्न सकिन्छ ।

अमेरिकाको अन्टेरियो भेट्नेरी कलेजका प्रोफेसर स्कट बिजले जनावरहरुबाट फैलने रोगहरुमा अध्ययन गरिरहेका छन् । प्रोफेसर स्कटका अनुसार कोरोना भाइरसको चमेरोसँग सम्बन्ध त छ । तर, यो भाइरस मानिससम्म कसरी पुग्यो भन्ने बारेमा अहिलेसम्म पत्ता लागेको छैन । चिनियाँ वैज्ञानिकहरु सालकबाट चमेरोमा र चमेरोबाट मानिसमा कोरोना भाइरस फैलिएको बताउँछन् । यद्यपि यो कुरा पूर्णरुपमा प्रमाणित भएको छैन ।

चिनियाँ वैज्ञानिकहरुका अनुसार सालकबाट नै कोरोना भाइरस चमेरोमा फैलिएको हो । अहिलेसम्म वुहानमा कोरोना भाइरसको संक्रमणको कारण चमेरो र सर्पलाई मानिन्थ्यो । तर, चिनियाँ वैज्ञानिकहरुले आफ्नो सर्वेक्षणबाट एउटा नयाँ कुराको खुलासा गरेका छन् ।

चीनको साउथ चाइना एगि्रकल्चरल यूनिभर्सिटीका सोधकर्ताहरुले कोरोना भाइरसका लागि सालकलाई जिम्मेवार ठहर्‍याएका छन् । सर्वेक्षणकर्ता शेन योगी र जिओ लिहुआका अनुसार भाइरस सालकबाट चमेरा र चमेराबाट मानिसमा फैलिएको हो । यो कुरा बुझ्नका लागि एक हजार जंगली जनावरहरुको स्याम्पल लिइएको थियो । बिरामीबाट लिइएको स्याम्पलमा समावेश कोरोना भाइरस र सालकको आनुवांशिक अनुक्रम ९९ प्रतिशत एउटै छ ।

डब्ल्यूएचओको बयान

चमेरोबाट भाइरस अरु जनावारमा फैलन्छ ।

डब्ल्यूएचओका अनुसार मानिसहरु सिधै चमेरोको सम्पर्कमा आउँदैनन् । त्यसैले यस बारेमा गहन अध्ययन गर्नु आवश्यक छ । वैज्ञानिकहरुका भनाई अनुसार चमेरोले अन्य जनावरलाई संक्रमित गरेकाले जसबाट भाइरस मानिससम्म फैलिएको हो ।

माइक्रोबायोलोजिस्टको तर्क

चमेरो विभिन्न किसिमको भाइरस बाहक हो । टोरन्टो हेल्थ साइन्स सेन्टरको माइक्रोबायोलजिस्ट डाक्टर समिरा मुबारेका भन्छिन् -‘मानिसमा चमेरोका कारण रोग फैलिएको यो पहिलो पटक होइन । चमेरो विभिन्न किसिमका भाइरसको बाहक हो भन्ने कुरा पहिला पनि प्रमाणित भैसकेको छ । चमेराका केही प्रजातिहरु रेबिज र निपाह भाइरसका पनि बाहक हुन् । जुलाई २०१९ मा क्यानडाको वेन्कुवर आइल्यान्डमा रेबिजबाट २३ वर्ष उमेरका एक जना व्यक्तिको मृत्यु भएको थियो । त्यतिबेला गरिएको सर्वेक्षण अनुसार रेबिजको बाहक चमेरो भएको पुष्टि भएको थियो ।’

विभिन्न भाइसरको समूह हो कोरोना भाइरस

अमेरिकाको सेन्टर फर डिसिज कन्ट्रोल एन्ड पि्रभेन्सनका अनुसार कोरोना भाइरस विशेष प्रकारको भाइरसको एउटा समूह हो । जुन विशेष रुपमा जनावरहरुमा पाइन्छ । यसलाई वैज्ञानिकहरु जुनोटिक भन्छन् । यसको अर्थ दूर्लभ स्थितिमा यी जनावरहरुबाट निस्केर मानिसहरुमा संक्रमित हुनसक्छ । केही कोरोना भाइरसहरु त्यस्ता पनि छन् । जुन मानिसहरुका लागि अति नै खतरनाक मानिन्छ । जस्तै मिडिल ईस्ट रेस्पिरेट्री सिन्ड्रोमका कारण बन्ने मेर्स भाइरस र सिवियर एक्यूट रेस्पिरेट्री भाइरस (सार्स) ।

त्यसैले सरल भाषामा भन्ने हो भने सार्स पनि एक प्रकारको कोरोनाभाइरस हो । तर, नयाँ भाइरस धेरै खतरनाक हुन्छ । सर्वेक्षणकर्ताका अनुसार संसारभरमा चमेरो २०० भन्दा धेरै कोरोना भाइरसका बाहक हो । तर, चीनको वुहानमा फैलिएको कोरोना भाइरसको बारेमा प्रायजसो विशेषज्ञहरुका अनुसार यी चमेराबाट फैलिएको हो ।

यो भाइरसले चमेरोको संक्रमित किन गर्न सक्दैन ?

चमेरोमा ५० वर्षभन्दा धेरै समयदेखि सर्वेक्षण गरिरहेका वेस्टर्न अन्टेरियो युनिभर्सिटीका प्रो ब्राक फेन्टानका अनुसार चमेरोमा एउटै समयमा विभिन्न भाइरसहरु हुनसक्छन् । यो त्यसको विशेषताहरु मध्ये एक हो तर, भाइरसले त्यसलाई संक्रमित गर्न सक्दैन । स्टेनफोर्ड यूनिभर्सिटीका प्रोफेसर स्टिफन लुबी निपाह भाइरसमा पछिल्लो १२ वर्ष देखि रिसर्च गरिरहेका छन् । उनका भनाई अनुसार रातमा निस्कने चमेरोको शरीरमा एक विशेष प्रकारको एन्टिबडिज पाइन्छ । यही कारण भाइरसले चमेरोलाई प्रभावित गर्न सक्दैन । यो भाइरस चमेरोको शरीरमा निष्त्रिmय अवस्थामा रहेको हुन्छ जसलाई सेडिङ भनिन्छ ।

जब चमेरो कुनै फल खान्छ अथवा ताडी जस्तो पेय पिउँछ । त्यसमा भाइरस चमेरोबाट ती चीजहरुमा प्रसारित हुन्छ । यी भाइरस चमेरोको मलमूत्रद्वारा पनि कुनै जीव र विशेष गरेर स्तनधारीहरुलाई संक्रमित हुन सक्छ । संक्रमित भएपछि अनौंठो किसिमको ज्वरो आउछ । सही समयमा यसको उपचार भएन भने यसले ज्यान लिन पनि सक्छ । २०१८ मा भारतको केरलामा फैलिएको निपाह भाइरसको बाहक पनि चमेरो नै थियो ।

चीनमा किन फैलियो कोरोना भाइरस ?

चीन जलवायु र जैविक विविधताका कारण त्यहाँ चमेरोका विभिन्न किसिमका प्रजातिहरु पाइन्छ । सर्वेक्षणकताहरुका अनुसार, चीनमा विभिन्न किसिमको कोरोना भाइरस पनि समावेश छन् । यहाँ जनसंख्या बढ्नाका कारण तीब्र गतिमा जंगल फडानी भइरहेको छ । जसका कारण चमेरोलाई बस्ने ठाउँ घट्दै गएको छ र बिस्तारै-बिस्तारै यो मानिसहरुको नजिक पुगिरहेको छ र संक्रमण बढ्दै गएको छ । चीनमा जनावरहरु चमेरो र सर्प जस्ता जीवहरुको मासु र सुप पिउने पनि चलन छ । भाइरसबाट संक्रमण हुने एउटा अर्को कारण यो पनि हो । भर्खरै चीनमा एउटा लिस्ट भाइरल भएको थियो, जसमा वुहानको बजारमा जनावरहरुबाट तयार हुने विभिन्न उत्पादनहरुको मूल्य लेखिएको थियो । लिस्टमा स्याल, गोही, ब्वाँसोको बच्चा, सर्प, मुसा, उँटको मासु समेत ११२ किसिमका जनावरहरुबाट बनेका उत्पादनहरुको बारेमा उल्लेख गरिएको थियो ।

कुन कुन समयमा चमेरोबाट भाइरसहरु फैलिएका छन ?

२००२ मा चमेरोबाट फैलिएको सार्सबाट संसारभरीमा ७७४ जना मानिसको मृत्यु भएको थियो । सार्स भाइरस सुरुमा चमेरोबाट बिरालोमा र बिरालोबाट मानिसमा फैलिएको थियो । त्यस्तै, छिमेकी राष्ट्र भारतमा निपाह भाइरसको बाहक भारतीय फलभक्षी चमेरो थियो । यसको संक्रमणले १७ जना मानिसको मृत्यु भएको थियो ।

यसबाहेक इबोला, रेबिज र मार्बर्ग भाइरस फैलाउने पनि चमेरो न थियो ।

महिला र पुरुषमध्ये कसलाई बढी खतरा

भर्खरै कोरोना भाइरसको संक्रमण पुरुषमा धेरै भएको पाइन्छ । चीनको वुहान यूनिभर्सिटीमा यसबारेमा सर्वेक्षण पनि भएको थियो । वुहान युनिभर्सिटीको अस्पतालमा रिसर्चको क्रममा ५२ प्रतिशत पुरुषहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइयो । अस्पतालमा बिरामीहरुको तथ्यांकलाई ध्यान दिने हो भने कुल भर्ना भएका बिरामीहरुमा ६८ प्रतिशत पुरुष रहेका थिए । सर्वेक्षणकर्ताहरुका अनुसार पुरुषहरुको तुलनामा महिलाहरुमा रोगसँग लड्ने क्षमता अर्थात् इम्युनिटी धेरै हुन्छ । चीनमा सार्स भाइरसको संक्रमणको क्रममा पनि ५५ वर्षसम्मका पुरुषहरु बढी संक्रमित भएका थिए ।

डब्ल्यूएचओले कोरोनाभाइरसको नाम कोविड-१९ राखेको छ

विश्व स्वास्थ्य संगठनले मंगलवार नोवेल कोरोनाभाइरसको नयाँ आधिकारिक नाम कोविड-१९ राखेको छ । कोको अर्थ  कोरोना, विको अर्थ भाइरस र डीको अर्थ डिजिज हो । चीनको हेल्थ कमिशनले ८ फेब्रुअरीमा कोरोना भाइरसको नाम परिर्वतन गरेर नोवेल कोरोनाभाइरस निमोनिया (एनसीपी) राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment