Comments Add Comment

एनएनआईपीए अवार्ड : प्याराग्लाडिङका विमल र तेक्वान्दाेकी निमा वर्ष खेलाडी

६ फागुन, काठमाडौं । प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दाेकी निमा गुरुङ एनएनआईपीए स्पाेर्ट्स अवार्डमा सर्वाेत्कृष्ट चयन भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयाेजना गरेकाे १४ औं संस्करणकाे अवार्ड कार्यक्रममा विमल पुरुषतर्फ र निमा महिलातर्फ वर्ष खेलाडी घाेषित भए ।  वर्ष खेलाडीले नगद १-१ लाख प्राप्त गरे ।

यस्तै प्रतिभावान युवा खेलाडीकाे अवार्ड भलिबलकी सरस्वती चाैधरी र एथलेटिक्सका अजित कुमार यादवले प्राप्त गरे । प्रतिभावान युवा खेलाडीले ५०-५० हजार प्राप्त गरे।

गत वर्ष इन्डाेनेसियामा भएकाे १८ औं एसियन गेम्समा गरेकाे प्रदर्शनका आधारमा विभिन्न २८ खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएकाे थियाे । त्यसै मध्येबाट वर्षकाे उत्कृष्ट खेलाडी पुरुष र महिलाका साथै प्रतिभावान खेलाडी चयन गरिएकाे हाे ।

यसैगरी गजराज जाेशी आदर्श खेल व्यक्तित्व अवार्डबाट बक्सिङका पूर्व प्रशिक्षक मदन गुरुङ सम्मानित भएका छन् ।

अवार्ड विजेताहरु

वर्ष खेलाडी महिला : निमा गुरुङ, तेक्वान्दाे
वर्ष खेलाडी पुरुष : विमल अधिकारी, प्याराग्लाईडिङ

प्रतिभावान खेलाडी महिला : सरस्वती चाैधरी, भलिबल
प्रतिभावान खेलाडी पुरुष : अजित कुमार यादव, एथ्लेटिक्स

प्लेअर अफ दि ईअर अवार्ड विजेताहरु

आर्चरी – तिलक पुन मगर
एथलेटिक्स – अजित कुमार यादव
ब्याडमिन्टन – दिपेश धामी
बास्केटबल – मनिस राजोपाध्याय
बक्सिङ – पुनम रावल
फेन्सिङ – ओमकार सिंह
फुटबल – भरत खवास
गल्फ – टंकबहादुर कार्की
जुडो – इन्द्रबहादुर श्रेष्ठ
कबड्डी – मेनुका राजवंशी
कराते – विजय श्रेष्ठ
कुराँस – उपेन्द्र थापा
लनटेनिस – प्रेरणा कोइराला
प्याराग्लाइडिङ – विमल अधिकारी
पेन्केक सिलात कराते – गोविन्द चौधरी
रोल स्पोर्ट्स – मिलन शाह ठकुरी
सेपाकताक्रो – रोशन तामाङ
सुटिङ – सुस्मिता नेपाल
स्पोर्ट्स क्लाइम्बिङ – पेम्बा शेर्पा
स्क्वास – अमृत थापा
पौडी – सुभम श्रेष्ठ
टेबलटेनिस – नविता श्रेष्ठ
तेक्वान्दो – निमा गुरुङ
ट्रायथलन – बसन्त थारु
भलिबल – सरस्वती चौधरी
भारत्तोलन – सञ्जु चौधरी
कुस्ती – रमेश गौतम
उसु – जुनी राई
प्रत्येक विधाका विजेताले १० हजार प्राप्त गरेका छन् ।

गजराज जाेशी आदर्श खेल व्यक्तित्व अवार्ड : मदन गुरुङ (बक्सिङ प्रशिक्षक) नगद ३५ हजार रुपैयाँ

पाराएथलेट अफ दि इयर – महिमा कोइराला – बोसिया खेलाडी

खेल पत्रकार : राजेन्द्र चित्रकार ( गाेरखापत्र , फाेटाे पत्रकार) नगद २५ हजार

खेल पत्रकार : प्रज्वल ओली (काठमाडौं पोष्ट) सम्मान पत्र मात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment