
७ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान उपमहानगरपालिकाको भानुचौकमा राष्ट्रिय झण्डा फहराएका छन् ।
भानुभक्तको मूर्ति नजिकै उपमहानगरपालिकाको तर्फबाट आयोजित कार्यक्रममा देउवाले झण्डोत्तोलन गरेका हुन् । काठमाडौंको माइतीघरकै झल्को आउने गरी भानुचोकमा राष्ट्रिय झण्डा फहराइएएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा धरानका नगर प्रमुख तिलक राई पनि उपस्थित थिए ।
कांग्रेस सभापति देउवा मंगलबार विराटनगर हुँदै सुनसरी पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4