+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भयो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते २०:३८

६ फागुन, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवास प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि अन्याय भएको दाबी गरेका छन् ।

मंगलबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै देउवाले अरुलाई उन्मुक्ति दिएर गच्छदारविरुद्ध मात्र मुद्धा दर्ता गर्नु अन्याय भएको बताए । उनले भने, ‘ललिता जग्गा प्रकरणमा पार्टी उपसभापति गच्छदारमाथि अन्याय भएको छ, काग्रेसले त्यसको प्रतिवाद गरिरहन्छ ।’

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा अख्तियारले तत्कालीन मन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कांग्रेसले अख्चियार सरकारको दबाव र प्रभावमा परेको तथा गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गर्दै आएको छ ।

कांग्रेस सभापति देउवाले भने उनले संवैधानिक आयोगले गर्ने काम सधै निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई बर्षमा दुई वटा पनि राम्रो काम गर्न टिप्पणी गरे ।

लामो समयसम्म दुई तिहाईको समर्थन पाएको सरकारले काम गर्न नसकेको भन्दै उनले भने, ‘दुई बर्षमा दुई वटा पनि राम्रो काम गरेको भनेर देखाउने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?