Comments Add Comment

बालबच्चासँग कसरी आफ्नो तालमेल मिलाउने ?

घरमा नवजात शिशुको जन्म भएपछि आमा-बुवाको दिनचर्या पनि प्रभावित हुन्छ । जसलाई सुरुमा त हाँसी-खुशी स्विकार गरिन्छ, तर पछि दैनिक तालिकामा भएको परिवर्तनले उनीहरुको जीवनमा प्रभाव पार्न थाल्छ ।

निन्द्रा पुरा हुँदैन

बच्चाको जन्म भएसंगै तपाईं आफ्नो हिसाबले होइन, उनीहरुको हिसाबले सुत्न र उठ्न पाउन हुन्छ । त्यसो हुनु भनेको थकानको साथ-साथै तनावको समेत कारम बन्दछ र त्यसको प्रभाव तपाईंको व्यक्तिगत जीवनका साथ-साथै व्यवसायिक जीवनमा समेत पर्न सक्छ ।

के गर्ने ?

यस्तो बेलामा तपाईंहरु दुबै जनाले मिलेर जिम्मेवारीहरु निर्वाह गर्नु पर्छ । जस्तै श्रीमान् घरमा भएको बेला तपाईंले घरका महत्वपूर्ण सबै कामहरु पुरा गर्नु पर्छ । ताकि श्रीमान् अफिस गएको बेला बच्चासंगै तपाईं पनि केही समय सुत्न पाउनु हुन्छ । साँझमा तपाईंका श्रीमान् अफिसबाट घर आउँदा तपाईंलाई समेत फ्रेश  देखेर उनीलाई निकै आराम मिल्न सक्छ ।

खानपानमा लापरवाही

दिनभरी बच्चाको हेरचाह गर्दा आमा-बुवाले आफ्नो खानपिनमै ध्यान दिन पाउँदैनन् । समय नमिल्ने भएका कारण उनीहरुले जे भेट्छन्, त्यही खान्छन् । कहिलेकाहिं त फास्ट फूड खाएर पनि दिन बिताउने पर्ने हुन्छ । त्यस्ता खानाले उनीहरुलाई बिरामी समेत बनाउन सक्छ ।

के गर्ने ?

यदि तपाईं एक्लै बस्नु हुन्छ भने तपाईंले आफ्नो खानपिन सम्बन्धि टाइमटेबल बनाउनु पर्छ । जस्तो तपाईं नाश्तामा अण्डा, अंकुरित गेडागुडी, बारा खाना सक्नु हुन्छ । त्यसैगरी दिउँसोको खानामा दाल, रोटी, दही, उसिनेको चना, ज्वानोको झोल, मासुको रस खानु पर्छ । त्यस्तै रातिको खानामा दाल, भात, तरकारी नै खान सकिन्छ ।

यसबीचमा पनि तपाईंलाई भोक लागे जस्तो भयो भने तपाईंले फलफूल, चना आदि खानेकुरा खानु पर्छ, जसले तपाईंको भोक शान्त पार्नेछ भने तपाईंलाई स्वस्थ समेत बनाउने छ ।

अनुशासनमा कमी

हामी प्राय अनुशासनमा बस्न मन पराउँछौं, जस्तो समयमै सुत्न, समयमै उठ्न, समयमै खाना खान मन पराउँछौं । कहिलेकाहीँ बाहिर जानु छ भने त्यहाँ पनि समयमै जानु, व्यायाम आदि गर्नु । तर, अभिभावक बनेपछि हाी चाहेर पनि आफूलाई अनुशासनमा राख्न सक्दैनौं । जसले हामीलाई भित्र-भित्रै चिन्तित बनाइरहेको हुन्छ ।

के गर्ने ?

बच्चा जन्मिएको अघिल्ला एक-दुई हप्ता तपाईं असाध्यै व्यस्त हुनु स्वभाविकै हो । तर पछि तपाईंले आफ्नो सेड्यूल बनाएर काम गर्नु पर्ने हुन्छ । जस्तो यदि तपाईं बाहिर ब्यायामका लागि जान सक्नु हुन्न भने घरमै व्यायाम गर्न सक्नु हुन्छ । यदि डिनर समयमा गर्न पाइरहनु भएको छैन भने समयमै डिनर गर्नका लागि ओट्स, सूप, सलाद, खिचडी आदि खाने गर्नुहोस्, जुन कम समयमै बनाउन सकिन्छ भने यी खानेकुरा स्वास्थवर्द्धक पनि हुन्छन् । यसबाट तपाईंले बाहिरको खानेकुरा खानबाट पनि बच्न सक्नु हुनेछ भने स्वस्थ पनि रहनु हुनेछ ।

यसैगरी तपाईंले अन्य कुराहरुलाई पनि आफैंले व्यवस्थापन गरेर बच्चा जन्मिसकेको अवस्थालाई पनि सजिलै सहज बनाउन सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment