Comments Add Comment

ज्यान मार्ने उद्योगमा फरार पासलाल तामाङ पक्राउ

७ फागुन, काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्देका पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकदार लगायत अन्य व्यक्तिहरुलाई हातहतियार देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई जडीबुट्टीबाट पक्राउ गरेको हो ।

महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेका तामाङ हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए ।

यसअघि तामाङ कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल बसेर छुटेका थिए । सिंहका अनुसार तामाङ सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार सूचीका व्यक्ति हुन् ।

पक्राउ गरिएका तामाङलाई आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment