+
+

भरतपुर बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १३:०२

९ फागुन, चितवन । विद्युतीय सवारी साधन चार्जिङ स्टेशन निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ ।

महानगरपालिको बोर्ड बैठकले केन्द्र सरकारले बनाउने चार्जिङ स्टेसनका लागि केन्द्रीय बस टर्मिनल भरतपुरभित्र नै स्थान उपलब्ध गराउने निर्णय गरेको हो । महानगरले ठाँउ मात्रै उपलब्ध गराउने छ भने, बजेट लगायतका बाँकी काम सबै केन्द्र सरकारले नै गर्नेछ ।

केन्द्र सरकारले महानगरपालिकालाई हाइवे आसपासमा जग्गा उपलब्ध गराउनका लागि अनुरोध गरेको थियो । पूर्व पश्चिम चल्ने लामा तथा छोटा दूरीका सवारी साधानहरु बसपार्कमा नै रोकिने भएकोले केन्द्रीय बसपार्कमा रहेको ठाउँ नै उपयुक्त देखिएकोले निर्णय गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । चार्ज गर्ने पाँच वटा केन्द्र रहने गरी स्टेशन तयार गरिने छ ।

सरकारले विद्युतीय सवारी सञ्चालनका लागि देशका मुख्य स्थानहरू चार्जिङ स्टेसनका बनाउँदै छ । विद्युतीय सवारीको प्रयोग आर्थिक हिसाबले मितव्ययी र वातावरण अनुकुल हुने भन्दै सरकारले यस सवारीलाई प्रोत्साहन गरिरहेको छ ।

महानगर बोर्ड बैठकले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर–११ र २ को सिमाना रहेको आँपटारी क्षेत्रमा बनाउन स्थान उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै, महानगरको बोर्ड बैठकले प्रदेशस्तरीय उद्योग ग्राम भरतपुर–२० मा ५ बिघा क्षेत्रफलमा बनाउने भएको छ । महानगरको उद्योग ग्राम भने भरतपुर–२१ मा बनाउने निर्णय यसअघि नै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?