Comments Add Comment

लिभरपुलका प्रशिक्षक क्लोपलाई म्यानचेष्टरका १० वर्षीय फ्यानको पत्र

काठमाडौं । म्यानचेष्टर युनाइटेड र लिभरपुल इंग्ल्याण्डका दुई चर्चित क्लब हुन् । त्यही क्लबमध्ये एउटाका फ्यानले अर्को क्लबको प्रशिक्षकलाई पत्र लेखेका छन् ।

म्यानचेष्टर युनाइटेडका १० वर्षीय फ्यानले लिभरपुलका प्रशिक्षक योर्गन क्लोपलाई पत्र लेख्दै लिभरपुलले धेरै जितिरहेको र केही खेल हार्न आग्रह गरेका छन् ।

जवाफमा क्लोपले समेत १० वर्षीय बालकलाई पत्र पठाउँदै आफूले उक्त आग्रह स्वीकार गर्न नसक्ने तर यस्तो फ्यान पाउनु युनाइटेडको भाग्य रहेको उल्लेख गरेका छन् ।

ग्लेनसविली नेशनल स्कुलका दाराघ कर्लेले क्लोपलाई पत्र लेखेका हुन् । ‘लिभरपुलले धेरै खेल जितिरहेको छ । यदी लिभरपुलले अब ९ खेल जितेमा इंग्लिस फुटबलमा सबैभन्दा धेरै अपराजित यात्राको कीर्तिमान बनाउनेछ । युनाइटेडको फ्यान भएर हेर्दा म दु:खी छु । कर्लेले पत्रमा लेखेका छन् । त्यसैले अब अर्को खेल खेल्दा हार्दिनुस् । अरु टिमलाई गोल गर्न दिनुस् ।’

यसको जवाफमा लिभरपुलका प्रशिक्षक क्लोपले यस पटक आफूले लिभरपुललाई जिताउनका लागि सक्दो प्रयास गर्ने लेखेका छन् । ‘म तपाईंको आग्रहलाई स्वीकार गर्न सक्दिन । तपाईं लिभरपुल हारेको चाहनुहुन्छ । लिभरपुललाई जिताउनका लागि सबै काम गर्नु मेरो दायित्व हो ।’

म्यानचेष्टर युनाइटेडका १० वर्षीय फ्यानले लिभरपुलका प्रशिक्षकलाई लेखेको पत्र ।
लिभरपुलका प्रशिक्षकले म्यान्चेस्टरका १० वर्षीय फ्यानलाई जवाफ दिएको पत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment