Comments Add Comment

सरकारलाई आन्दोलनबाटै जवाफ दिन्छौं : उपेन्द्र यादव

१० फागुन, बुटवल । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई बेवास्ता गरेको भन्दै सरकारलाई आन्दोलनबाटै जवाफ दिने बताएका छन् ।

शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्व उपप्रधानमन्त्री यादवले पार्टी आन्दोलनको आन्तरिक गृहकार्यमा जुटेको बताएका हुन् । ‘मधेसी, थारु र जनजातिलाई अधिकार दिन नखोज्ने सरकारलाई आन्दोलनबाटै जवाफ दिने समय आउँदैछ’ यादवले भने, ‘ संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न र अन्दोलन गर्न तयार छौं ।’

राज्यले पैसा र अनुहार हेरे नागरिकता दिने गरेको तर नेपाल बन्नुभन्दा मधेशमा बसोबास गरेका थुप्रै नेपालीका सन्तानहरुले नागरिकता पाउन नसकेको उनले बताए ।

आफूहरु विदेशीलाई नागरिकता दिन हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पार्दै नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण रहेकाले नागरिकता ऐनलाई सच्याउन माग गरे । नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाई थियो । ‘महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्छ’ यादवले भने, ‘जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्छ ।’

केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको र ादवले पुर्ण रुपमा असफल भएको उनले बताए । ‘यो सरकार भ्रष्टाचारीले चलाएको बताएका छन्’ यादवले भने, ‘कम्यूनिष्टको नाममा भ्रष्टाचार र लुटतन्त्र मात्रै मौलाएको छ ।’

गाउँपालिका अध्यक्ष समाजवादीमा

यसैबीच कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षसंगै वडा नं. ६ का वडा अध्यक्ष विजयबहादुर यादव पनि समाजवादीमा प्रवेश गरेका छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका दुबैजनालाई पार्टी अध्यक्ष यादवले पार्टी प्रवेश गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment