+
+
Shares

इटलीका एक दर्जन शहरमा घर बाहिर निस्कन रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते १२:४४

काठमाडौं । इटलीले भाइरस नियन्त्रणका लागि असाधारण उपाय अपनाउने भएको छ ।

युरोपमै सबैभन्दा धेरै संक्रमित इटलीमा भेटिएको छ । कोरोनाका कारण दुई जना इटालियन नागरिकको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७९ पुगेको छ ।

कोरोना संक्रमण फैलिनबाट रोक्न इटलीले उत्तरी क्षेत्रका लाम्बार्डी र भेनेटोका एक दर्जन शहरलाई क्यारेन्टाइनका रुपमा राख्ने घोषणा गरेको छ ।

ती शहरहरुका झण्डै ५० हजार मानिस घरभित्रै रहनेछन् । सबै विद्यालय र खेलकुद गतिविधि बन्द गरिएको छ भने विशेष अनुमति विना शहर प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन रोक लगाइएको प्रधानमन्त्री जुजेपे कोन्टेले बताएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म २६ देशमा फैलिसकेको छ । चीनमा २ हजार ३४८ जना र चीन बाहिर ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?