Comments Add Comment

ब्रेकअपपछि डिप्रेशनमा सना खान

नायिका तथा मोडल सना खान कोरियोग्राफर मेल्विन लुइससँग ब्रेकअपपछि चर्चामा छिन् । उनीहरु करिब १ बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, लुइसले आफूलाई धोका दिएको भन्दै सनाले उनीसँग ब्रेकअप गरेकी थिइन् ।

सनाले हालैमात्र एक भारतीय मिडियासँग कुराकानी गर्दै आफू डिप्रेशनसँग लडिरहेको बताएकी छिन् । उनले आफूले आफूलाई निकै ध्यान दिएको र यसबाट बाहिर आउने प्रयास गरिरहेको पनि उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्–‘मैले करिब २० दिनसम्म निन्द्राको औषधी खाएँ । तर, भगवानलाई धन्यवाद दिन चाहन्छु कि मैले यसको औषधी खान छाडेकी छु । मानिसहरु मलाई अब चाडै अगाडि बढ्न सुझाव दिइरहेका छन् । तर, यो त्यती सजिलो छैन । यहाँ जसले चिट गर्छन् उनीहरु चाडै अगाडि बढ्छन् । तर, जसले प्रेममा वाचा गरेको हुन्छ, उसलाई समय लाग्छ ।’

सनाका अनुसार उनीहरु बिहे गर्ने तयारीमा थिए । तर, गतबर्षको अप्रिल महिनापछि मेल्विनको स्वभाव बदलियो । उनीहरुविच झगडा सुरु भयो ।

३१ सालकी सना सन् २०१२ को ‘बिग बोस–६’मा सहभागी भएकी थिइन् । यसका साथै उनले चलचित्र ‘जय हो, वजह तुम हो, टम डिक एन्ड ह्यारी, ट्यालेन्ट एक प्रेम कथा’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment