+
+
Shares

फिल्डमा नजाने कर्मचारीलाई सम्पर्क अधिकृत नबनाइने

अच्युत पुरी अच्युत पुरी
२०७६ फागुन ११ गते १४:४८

११ फागुन, काठमाडौं । पर्यटन विभागले आगामी वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणमा खटाउने सम्पर्क अधिकृतको सूचि तयार पारिरहेको छ ।

तर सन् २०१९ को आरोहण सिजनमा खटिएर पनि कार्यस्थलमा नजानेहरुलाई यो पटक सम्पर्क अधिकृत नबनाउने भएको छ । ‘वसन्त ऋतुमा सगरमाथासहितका हिमालमा खटिने कर्मचारीको सूचि बनाइरहेका छौं,’ विभागकी निर्देशक मीरा आचार्यले भनिन्, यस पटक गत वर्ष खटाइएको स्थानसम्म नपुगेका कर्मचारीले मौका पाउँदैनन् ।’

सन् २०१९ को वसन्त ऋतुमा सन् २० १९ को वसन्तु ऋतुमा विभिन्न हिमालका लागि ९१ जना सम्पर्क अधिकृत खटाएका थिए । त्यसमध्ये ३७ जना सगरमाथाका लागि मात्र खटिएका थिए । उनीहरु मध्ये २२ जना मात्र फिल्डमा पुगेका थिए । कुल ९१ कर्मचारीमध्ये ५४ जना सम्पर्क अधिकृत फिल्डमा पुगेका थिएनन् ।

उनीहरुसँग स्पष्टीकरण लिएको पर्यटन विभागले सचेत गराउनुका साथै कम्तिमा एक वर्ष कुनै पनि आरोहणमा सम्पर्क अधिकुत हुन नपाउने र थप आवश्यक भए विभागीय कारवाही समेत गर्नुपर्ने राय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको विभागका महानिर्देशक दण्डुराज घिमिरेले जानकारी दिए ।

मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार विभागको सिफारिसका आधारमा सम्बन्धित कर्मचारीमाथि विभागीय कारवाही गर्ने निर्णय भएको छ ।

बाहनाबाजी गर्दै खटाएको ठाउँमा नजाने कर्मचारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयले १ भदौमा पर्यटन विभागलाई निर्देशन दिएको थियो । त्यसलगत्तै विभागले जिम्मवारी निर्वाह गर्न नसक्नुको कारणसहित स्पष्टीकरण बुझाउन भनेको थियो । निर्देशक आचार्यका अनुसारस्पष्टीकरणका आधारमा विभागी कारवाहीका लागि सिफारिस गरिएको पहिलो फाइल मन्त्रालय पठाइएको छ भने अर्को फाइल केही दिन भित्रै पठाउने तयारी छ ।

साथै गत वर्ष फिल्डमा नगएका कुनै पनि कर्मचारीलाई नपार्ने गरी सम्पर्क अधिकृतहरुको नयाँ सूची बन्दैछ । छोटो समयमा आकर्षक कमाई हुने भएकाले निजामती कर्मचारीमा हिमाल आरोहणका समयमा सम्पर्क अधिकृत बन्न हानाथाप हुने गर्छ । मूख्य आरोहण सिजनमा पर्यटन मन्त्रालयमा उपसचिवभन्दा तल्लो तहका लगभग सबै कर्मचारी सम्पर्क अधिकृतका रुपमा खटिएका हुन्छन् ।

को हुन् सम्पर्क अधिकृत ?

६ हजार ५ सय मिटरभन्दा माथिको उचाईका हिमालमा प्रत्येक आरोहण दलमा एक जना सम्पर्क अधिकृत रहने प्रावधान रहेको छ । त्यस्ता सम्पर्क अधिकृत आरोहण दलकै साथमा रहनु पर्छ । आरोहण दलका सम्पूर्ण गतिविधि नेपाल सरकारलाई जानकारी गराउने र दललाई आइपर्ने समस्याको समाधान गर्न पुलको रुपमा काम गर्ने जिम्मेवारी यस्ता सम्पर्क अधिकृतले पाएका हुन्छन् ।

आरोहण दलको साथमा खटिने सम्पर्क अधिकृतको सेवा/सुविधा, बीमा/उपचार/उद्दारको जिम्मेवारी सम्बन्धित आरोहण दलको हुने प्रावधान छ । छोटो अवधिमा ठूलो कमाई हुने, कामै नगरी सरकारी तलव पनि पाइने र दलको तर्फबाट एजेन्सीमार्फत भत्ता पाइने लोभले एकै व्यक्ति पटकपटक सम्पर्क अधिकृत बन्ने तर काममा गम्भीर नदेखिएको सरकारी छानविनबाटै देखिएको थियो ।

नीतिगत परिवर्तन भने थाती रह्यो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिले आफ्नो प्रतिवेदनमा सगरमाथा सहितका हिमालमा अब व्यक्तिगत रुपमा नभई समूहमा सम्पर्क अधिकृत खटाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो ।

साथै ‘सम्पर्क अधिकृत समूह’ बनाएर खटाउने व्यवस्था गर्न सिफारिस गरेको थियो । उपसचिवको नेतृत्वमा अधिकृत, डाक्टर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारी, नासु, कम्प्यूटर अपरेटर, आवश्यकता अनुसार सहयोगी कर्मचारी रहने गरी समूह खटाउन सिफारिस गरिएको थियो ।

यस्तो टोली आरोहण प्रारम्भ भएपछि सम्पन्न नहोउन्जेल आधार शिविरमै खटिनु पर्ने प्रावधान ल्याउन सिफारिस गरिएको थियो । तर सरकारले यो सिजनमा नीतिगत परिवर्तन भने गर्न सकेन । त्यसैले पुरानै प्रचलनअनुसार व्यक्तिगत रुपमै सम्पर्क अधिकृत खटाइँदैछ । वसन्तु ऋतुमा मध्य चैतपछि आरोहीहरु हिमालतर्फ लम्कन थाल्छन् । जेठ पहिलो सातासम्म आरोहण जारी रहन्छ । वसन्तु ऋतु नेपालमा हिमाल आरोहणको मूख्य सिजन मानिन्छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?