+
+

मिडिया काउन्सिल विधेयक सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १३:२२

१२ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउने प्रावधान सच्याउन सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

सोमबार सापकोटालाई भेट्न पुगेको महासंघको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु रहेकाले त्यसलाई बन्देज लगाउने प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो ।

कार्यबाहक अध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टसहितको टोलीले सोमबार सभामुख सापकोटालाई भेटेर अभिव्यक्ति स्वतन्त्रतासँग सरोकार राख्ने कानून निर्माण गर्दा सरोकारवालाको आवाज सुन्न आग्रह गरेको छ ।

‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयकलगायत सम्पूर्ण विधेयकलाई संसदीय प्रक्रियाबाट टुंग्याउने क्रममा सरोकारवालाको आवाज सुन्न, संबोधन गर्न र उनीहरुसँग ब्यापक छलफल गर्ने कुरालाई पनि सँगसँगै लैजाने विषयलाई सम्माननीय सभामुख महोदयले विशेष ध्यान दिनु हुनेछ भन्ने हाम्रो विश्वास छ’ महासंघले भनेको छ ।

संसदबाट कानून निर्माण गर्ने क्रममा सरोकारवालासँगको छलफलमा वृद्धि गर्न पनि महासं‌घले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?