Comments Add Comment

झ्यालबाट संसद् छिर्ने वामदेवको सपना फेरि भूमरीमा

४०० ट्यांकरको ‘मास्टर की’ माघ १९ देखि गायब

१३ फागुन, काठमाडौं । संविधान संशोधनका लागि गठित कार्यदललाई लिएर नेकपामा देखिएको किचलो र यसले नेता वामदेव गौतमको चाहनामा पुगेको ठेसबारे आजका दैनिक पत्रिकाहरूले पर्गेलेका छन् । त्यस्तै, कोरोना संक्रमित दक्षिण कोरियामा रहेका नेपालीको अवस्था र चार सय ट्यांकरको मास्टर की गायब भएको प्रसंग पनि आजका पत्रपत्रिकाहरूमा समेटिएका छन् ।

‘झ्यालबाट संसद् छिर्ने हठमा वामदेव’ शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । समाचार अनुसार नेकपाका उपाध्यक्ष वामदेव गौतमले झ्यालबाट संसद् छिर्ने र संशोधन गरेर प्रधानमन्त्री हुने लालचा फेरि प्रकट गरेका छन् । तर, गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भइरहेको छ ।

नयाँ पत्रिका लेख्छ– संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदेवको सपना फेरि भूमरिमा परेको छ । नेम्वाङले व्यक्तिका लागि देशको संविधान संशोधन गर्ने खेलमा लागेर कलंक नबोक्ने माधव नेपाललाई सुझाव दिएका छन् ।

त्यसो त वामदेवका लागि गर्न लागिएको संशोधनप्रति राजनीतिक विश्लेषक तथा प्रमुख प्रतिपक्ष दलहरूले पनि असन्तुष्टि जनाएका छन् । अलिकति गम्भीरता भएको व्यक्तिले मेरा लागि संविधान संशोधन गर भन्ने साहस नगर्ने टिप्पणी विश्लेषण कृष्ण खनालको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले यसलाई नेकपाभित्रको तानातान र गठजोडको विषय भए पनि यो राष्ट्रको विषय नभएको प्रतिक्रिया दिएका छन् ।

चार सय ट्यांकरको ताला खोल्ने मास्टर की नै गायब भएको समाचारलाई पनि नयाँ पत्रिकाले प्राथमिकतापूर्वक छापेको छ । नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको हो । साँचो हराएको पुष्टि १९ माघमा भए पनि अहिलेसम्म भेटिएको छैन ।

सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्याटेलाइन परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको कान्तिपुरमा खबर छ ।

समाचार अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइन स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा उनलले परियोजना अघि बढाएका थिए ।

अन्नपूर्णले संविधान संशोधन कार्यदल भताभुंग बनेकोदेखि सुनको मूल्य बढेको सम्मका खबरलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

‘पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व’ शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ भने राजधानीले साइबर अपराधमा महिला बढी संलग्न रहेको हिसाब प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment