Comments Add Comment

डिश वासर किन्दै हुनुहुन्छ ?

अचेल डिश वासर अर्थात भाँडा माझ्ने मेेशिनको चलन बढ्न थालेको छ ।  डिश वासर खासगरी दुई प्रकारका हुन्छन् । पहिलो हो फ्रि स्ट्यान्डिङ, जसलाई स्वतन्त्र रुपले अलग्गै जडान गर्न सकिन्छ । दोस्रो हो बिल्ट इन, जसलाई किचन काउन्टरको तल्लो भागमा स्थायी रुपले जडान गर्न सकिन्छ । बिल्ट इन डिश वासर जडान गर्नु बढि सुविधाजनक मानिन्छ ।

खासगरि डिश वासरमा १२ देखि १६ प्लेस सेटिङ हुन्छ । नेपालमा प्रायः १२ प्लेस सेटिङ भएको मेशिन उपलब्ध छन् । एक प्लेस सेटिङको अर्थ हुन्छ १-१ वटा ठूला डिनर प्लेट तथा खाजा खाने प्लेट, बाउल, गिलास, चिया खाने कप तथा प्लेट, छुरी, फोर्क तथा २-२ वटा चम्चा तथा सलाद फोर्क लोड गर्न सकिन्छ । यसबाहेक केही खालि ठाउँ पनि हुन्छ, जसमा कुकिङ पट्स अथवा खाना पकाइने भाँडाहरु पनि राख्न सकिन्छ ।

डिश वासरको मूल्य

नेपाली बजारमा एलजी, वर्लपूल, सिमेन्स आदि ब्राण्डका डिश जासरहरु उपलब्ध छन्, जसको मूल्य ८० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पर्छ । यतिबेला बजारमा एलजी तथा वर्लपूलका डिश वासरहरुको राम्रो क्रेज  छ । एउटा तथ्यांक अनुसार सन् २०१७ मा भारतीय बजारमा मात्र डिश वासरको बजार ३ सय लाख डलरको थियो ।

डिश वासर लगाउनुअघि

डिश वासरका चार वटा आवश्यकताहरु छन्- राख्ने स्थान, बिजुलीको उपपलब्धता, पानीको सप्लाई तथा निकासको व्यवस्था । खासगरी डिश वासर २४ इन्च बाइ २४ इन्चको हुन्छ र त्यसको उचाई ३५ इन्ट हुन्छ र योसंगै एडजस्टेबल लेगहरु पनि उपलब्ध हुन्छ ।

अचेल शहरदेखि गाउँसम्मका नयाँ घरहरुमा मोड्यूलर किचनको प्रचलन बढिरहेको छ । ती किचनमा बिल्ट इन डिशवासर सजिलै जडान गर्न सकिन्छ । जसको आफ्नै घर छ अथवा जसले नयाँ घर बनाइरहेको छ, उनीहरुका लागि बिल्ट इन मोडल उत्तम हुन्छ ।

तर, तपाईं भाडाको फ्ल्याटमा बस्नु हुन्छ भने तपाईंका लागि फ्रि स्ट्याण्डिङ डिश वासर उपयुक्त हुन्छ । किनभने यस्तो मोडलको डिश वासरलाई तपाईंले आफू सरेर जाने घरमा समेत सहजै लैजान र जडान गर्न समेत सक्नु हुनेछ । यस्तो मोडललाई जडान गर्ने क्रममा तोडफोड गर्ने आवश्यकता पनि पर्दैन । पुरानो किचमा डिश वासर लगाउनका लागि केही तोडफोड भने गर्नु पर्छ । किचन क्याबिनेटको तल्लो भागमा प्रसस्त स्थाना बनाएर त्यहाँसम्म पानीको सप्लाई तथा निकासको व्यवस्था समेत गर्नु पर्छ ।

डिश वासरका बारेमा भ्रम

डिश वासरको बारेमा मानिसहरुमा जागरुकताको कमी छ । भ्रम के छ भने यसमा बिजुली र पानी बढी खर्च हुन्छ, जबकि त्यस्तो होइन । हो, प्रँरम्भमा यसलाई जडान गर्दा केही बढी नै खर्च हुन्छ । आम धारणा के छ भने यसका लागि विशेष किचन प्लानको आवश्यकता पर्दछ, तर अचेल जुन प्रकारका अपार्टमेन्टहरु बनिरहेका छन्, तीनमा मोड्यूलर किचन बनाइएको हुन्छ, जसमा सहजै डिश वासर लगाउन सकिन्छ । यसमा केवल डिशमात्र धुन मिल्दैन, भिन्न-भिन्न प्रकारका खाना पकाइने भाँडाहरु समेत धुन सकिन्छ ।

सेटिङ्स

तपाईंको डिश वासर अटोमेटिक छ भने एक पटक डिश वासरमा सबै भाँडाहरु राखेपछि आफ्नो साइकल छनोट गर्नु पर्छ, त्यसपछि भाँडा सफा गरेपछि डिश वासर स्वतः बन्द हुन्छ । डिश वासरमा सामान्यतया ४ वटा वाश प्रोगामहरु हुन्छन् । तीनमा डिलेड स्टार्टको सुविधा पनि हुन्छ अर्थात तपाईंले चाहनु भयो भने यसलाई आफ्नो सुविधा अनुसार २, ४ घण्टा अथवा त्यसभन्दा बढि समयपछि पनि अन हुने प्रोगाम छनोट गर्न सक्नु हुनेछ । यसमा चाइल्ड सेफ्टी लकको सुविधा पनि हुन्छ ।

केही मोडलहरुमा एक्वा तथा लोड सेन्सर्स पनि हुन्छन्, जसले पानी तथा बिजुलीलाई वचत गर्दछन् । एक्वा सेन्सरले भाँडामा लागेको दाग अनुसार पानी खपत गर्छ । लोड सेन्सरले मेशिनको लोड अनुसार पानीको तापमान तथा वासिङ टाइम छनोट गर्छ ।

डिश वासरका फाइदाहरु

१. सुविधाजनक

डिश वासरको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने यो सुविधाजनक हुन्छ र यसमा समयको वचत पनि हुन्छ । भाँडा सफा गर्नका लागि धेरै समयसम्म सिन्कको नजिकै उभिइरहनु पर्ने आवश्यकता पर्दैन । त्यसबाहेक किचन सफा समेत देखिन्छ ।

२. बिजुली र पानी

अचेलका डिश वासर पानी तथा बिजुलीको खपतको प्रसंगमा इकोनोमिकल भएका छन् । साधारणतया एउटा इकोनोमिकल वाश साइकलमा करिव एक यूनिट बिजुलीको खपत हुन्छ । यदि भाँडालाई चाँडै सुकाउनका लागि हिटर चलाउनु भयो भने प्रति वाश दुई यूनिट बिजुली खपत हुन सक्छ । पानी पनि प्रति वाश ८ देखि १० लिटर मात्र हुन्छ, जबकि हातले भाँडा सफा गर्न यो भन्दा बढि पानी प्रयोग हुन्छ ।

३. भाँडामात्र धुँदैन

डिश वासरले केवल भाँडामात्र धुँदैन, यसमा तपाईंले भान्सामा प्रयोगमा आउने प्रायः सबै प्रकारका भाँडाहरु सफा गर्न सक्छ । ध्यान दिनु पर्ने कुरा के छ भने तपाईंले प्लास्टिक, शीशा तथा सेरामिकको भाँडालाई डिश वासरमा सफा गर्नु हुँदैन ।

डिश वासरको लोडिङ

डिश वासर निर्माताले आफ्नो पुस्तिकामा लोड गर्ने सही तरिकाका बारेमा सचित्र वर्णन गरेका हुन्छन् । उनीहरुले दिएका निर्देशनहरुका अनुसार भाँडालाई लोड गर्नाले समयको बचत तथा लोडिङ तथा अनलोडिङमा सुविधा हुनेछ । डिश अथवा अन्य भाँडाकुँडालाई उल्टो पारेर राख्नु पर्छ ताकि पानीको तेज धारा भाँडाको फोहोर जमेको ठाउँमा परोस र भाँडा राम्ररी सफा होस् ।

५. तातो पानीको प्रयोग

यदि तपाईंको भान्सामा तातो पानीको सुविधा छ भने वासर चलाउनुभन्दा अघि आफ्नो किचन सिन्कमा तातो पानीको धारा खोल्नु पर्छ । जब तातो पानी आउन थाल्छ, त्यसपछि त्यो धारालाई बन्द गर्नु पर्छ । त्यसपटि वाशरमा तातो पानी जान दिनु पर्छ । यसो गर्नाले वासरले सोझै तातो पानीले भाँडा सफा गर्न थाल्छ ।

६. प्री-वास आवश्यक छैन

प्रायः डिश वासर निर्माताहरुले प्री-वास गर्ने सल्लाह दिन्छन्, तर त्यसो गर्नु अनिवार्य छैन । त्यसमा समय, बिजुली तथा पानीमात्र बर्बाद हुन्छ । वासरलाई लोड गरेर रिन्स वन्ली साइकल चुन्न सकिन्छ ।

७. सरसफाई

डिश वासरलाई समय-समयमा सफा गरिरहनु पर्छ । माथिल्लो र्‍याकको मध्यमा एक कपमा आधा कप भेनेगर राखेर मेशिन चलाउने मेशिन सफा हुन्छ र दुर्गन्ध पनि हट्छ । यसबाहेक वाशरको फिल्टर सफा गरिरहनु पर्छ ।

८. केही भाँडा हातैले धुनु पर्छ

जुन भाँडा डिश वासरमा सुरक्षित हुन्नन्, तीनलाई हातैले धुनु पर्छ । यसबाहेक कपर तथा आल्मुनियमका भाँडाहरुको रंग खराब हुन सक्छ । काठका भाँडाहरु टुट्न सम्भावना हुन्छ ।

डिश वासरका केही कमीहरु

-डिश वासर चलिरहँदा केही समय ठूलो हल्ला हुन सक्छ ।

-सबै प्रकारका भाँडाहरु धुँदैन, केवल तीनै भाँडाहरु धुन सक्छ, जुन डिश वासरमा सुरक्षित हुन्छन् ।

-यसका लागि विशेष प्रकारको डिटर्जेन्ट प्रयोग गर्नु पर्ने हुन्छ ।

-खाना पकाउने अथवा खाना खाएको केही समयपछि बढि सुकेका भाँडा डिश वासरमा राखेर धुँदा ती भाँडाहरु राम्ररी सफा हुँदैनन्  ।

-यसमा भाँडा राख्ने क्रममा सावधानी अपनाउनु पर्छ, अन्यथा शिशाका भाँडाह फुट्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment