Comments Add Comment

बास्कोटामाथि मुद्दा लागेको छैन, प्रमाणित भए जसरी प्रचार गरियो : प्रधानमन्त्री

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् ।

आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’

बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उनले सुनाए । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उनले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेकेा छ ।’

यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment