Comments Add Comment

‘खराब नजर’बाट बच्ने के यो सही तरिका हो ?

गाडीमा यात्रा गर्ने क्रममा याद गर्नुभएको होला त्यहाँ चुरा पोते जस्ता विभिन्न किसिमका सौभाग्यका सामग्रीहरु झुण्ड्याएको देखिन्छ । कतै चप्पल त कतै सौभाग्यको सामग्री झुण्ड्याउनुको पछिको कारणबारे धेरैलाई जानकारी नहुनसक्छ । त्यसको अर्थ स्वयं गाडीमा कार्यरत धेरै चालक एवं सहचालकहरुलाई समेत यसबारेमा जानकारी हुने गरेको पाईंदैन ।

तर, किन राखिन्छ त्यस्ता जुत्ता चप्पलहरु ? हामी कतैबाट घर जाँदा बच्चाहरुलाई भेट्नुपर्‍यो भने पहिले पानी वा अरु कोही व्यक्तिलाई छोएर मात्रै बच्चालाई लिने गर्छौं । कैयौं मानिसहरु यसलाई ढोंग मान्छन् तर यसैलाई भित्रभित्रै आत्मसाथ गर्नेहरु धेरै पाइन्छ ।

माथि उल्लेख गरिएका सबै कुराहरु खराब नजरलाई विश्वास गर्ने व्यक्तिहरुले प्रयोग गर्ने गर्छन् । हाम्रो आसपास यति धेरै कुराहरु छन्, जसमा हामीहरु कैयौं पटक खराब नजरलाई विश्वास गर्छौं । कहिलेकाहीँ बच्चाहरु अचानक बिरामी पर्छन् या दिनभर रुन लाग्छन् । झट्टै जो कोहीले पनि भन्ने गर्छन् ‘कसैको आवाज लागेको जस्तो छ’ । त्यसपछि त्यसको उपचारमा लाग्छन् धेरै मानिसहरु । कोही धेरै राम्रा राम्रा घर बनाएपनि त्यसको अघिल्तिर कालो पोत्ने वा काहीँकतै जुत्ता आदि भद्दा कुरा टाँगेर राख्ने गरिन्छ । यसको पछि पनि खराब नजरको बारेमा गरिने विश्वास हो।

माथि उल्लेख गरिएका यी सबै विषयहरु एउटा विश्वाससँग जोडिएको कुरा हो । यी सबै कुराहरुलाई असुरक्षित महसुस गरेपछिको विश्वासको रुपमा मान्ने गरिन्छ । यदि हाम्रो जीवनमा सबै कुराहरु घटेका छन् भने हामीलाई सबैभन्दा चासो सुरक्षाको बारेमा नै हुने गर्छ । जब कुनै समस्या हुन्छ । त्यसपछि हाम्रो दिमागमा सिधैं त्यो विश्वास पैदा हुन्छ । जुन हामीले सुन्दै आएका छौं ।

कुनैपनि हेराई राम्रो या खराब भन्ने हुँदैन । भौतिकवादी संसारमा समेत ती अदृश्य तत्वहरुलाई विश्वास गर्नेहरुको संख्या धेरै पाइन्छ । मनमा हुने सबै किसिमका सकारात्मक वा नकारात्मक भावहरु हामीहरुकै कारणले हुने गर्छ । तर, यो विषय केवल अन्धविश्वास मात्रै नभएर यसको विज्ञानसँग समेत सम्बन्ध रहेको पाउन सकिन्छ ।

वैज्ञानिक मतमा खराब नजरको विश्वास

जापानका एक वैज्ञानिक डा. मसारु इमुटोले यही विषयमा एउटा पुस्तक लेखेका छन् । उनले आफ्नो किताब ‘पावर अफ थट’मा यस बारे उल्लेख गरेका छन् । त्यसमा उल्लेख गरे अनुसार उनले काँचको ३ वटा गिलासहरु लिए । तीनवटै गिलासमा बराबर पानी र चामल राखे । फेरि उनले पहिलो गिलासको सामु गएर भने ‘म तिमीलाई माया गर्छु, तिमी सबैभन्दा उत्कृष्ट छौ ।

तिमीलाई देखेर मैले आफैंलाई भाग्यमानी महसुस गरिरहेको छु ।’ फेरि उनले अर्काे गिलासमा गएर भने ‘म तिमीलाई घृणा गर्छु, तिमी बेकारका छौं । म तिमीलाई देखेर दुखी छु ।’ त्यसपछि तेस्रो गिलासको छेउमा गएर उनले केही पनि बोलेनन् । १५ दिनपछि हेर्दा पहिलो गिलासको चामल सेतो रंगको भएर फुलेर बसेको थियो भने दोस्रो गिलासको चामल कालो रंगको बनेको थियो । तेस्रो गिलासको भने आधा कालो र आधा सेतो थियो ।

यसैलाई आधार मानेर इमुटो भन्छन् ‘हामीहरुको विचार वा शब्दको कति धेरै प्रभाव हुन्छ भन्ने कुरा यही प्रयोगबाट पुष्टि भएको छ । हरेक कुरामा सकारात्मक वा नकारात्मक शब्दको असर पर्नेगर्छ । अरुमात्रै नभएर पानीमा समेत सकारात्मक वा नकारात्मक प्रभाव पर्ने गरेको कुरालाई उनले हामीहरुको शरीरसँग समेत जोडेर विश्लेषण गरेका छन् । हामी वागमती होस् या गंगामा जति फोहोर भएपनि नुहाउछौं । हामीलाई छालाको कुनैपनि रोग लाग्दैन । त्यस्तै, अरुठाउाको फोहोर पानीमा अनेक रोगहरु लाग्ने गर्छ । इमुटो भावना जोडिएको विषय र नजोडिएको विषयबीच फरक प्रतिक्रिया हुने बताउँछन् ।

उनी गिलासको चामललाई मानिसको शरीरसँग मिसाएर कुरा गर्न रुचाउँछन् । हाम्रो शरीरमा ७० प्रतिशतभन्दा धेरै पानी रहेको हुन्छ । हाम्रो दिमागमा ८० प्रतिशत पानी रहेको हुन्छ भने हाम्रो छालामा ६४ प्रतिशत पानी रहेको हुन्छ । जब हामीहरुको शरीर पानीबाट नै बनेको हुन्छ भने यसको पनि प्रभाव पर्ने उनी बताउँछन् ।

कसरी बढ्छ सकारात्मक उर्जा ?

आत्मविश्वासबाट सकारात्मक उर्जालाई बढाउन सकिन्छ । यसको लागि सबैभन्दा धेरै हामीहरुको सकारात्मक सोच बोक्नुपर्छ । हामीहरुको सोच त्यतिबेला सकारात्मक हुन्छ जतिबेला हाम्रो आत्मविश्वास बढी हुनेगर्छ । जब हामी भित्र आत्मविश्वास बढ्दै जान्छ त्यसैले हामीभित्र सकारात्मक उर्जाको संकेत गराउँछ ।

त्यस्तै, सकारात्मक भाषाको प्रयोगबाट पनि हामीमा सकारात्मक उर्जा मिल्ने गर्छ । हामी हाम्रो शब्दहरुमा र हाम्रो विचारमा समेत धेरै शक्ति हुने गर्छ । यसका कारण हामी सधैंभरी सकारात्मक भाषाको उपयोग  गर्नुपर्छ । यसबाट हाम्रो आसपासको माहोल राम्रो हुनेगर्छ । साथै नकारात्मक सोचबाट बच्दासमेत हामीहरुमा सकारात्मक उर्जाको विकास हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment