Comments Add Comment

कृषिमा कायपलट गर्ने क्षेत्र खोज्दै मन्त्री भुसाल

१६ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धनश्याम भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाथ्यो तर भावी कार्ययोजना समेत सार्वजनिक गरेका छैनन् । उनी सार्वजनिक कार्यक्रमहरुमा कम देखिन्छन् ।

अब भने उनी कृषि कायपलट गर्ने योजनाहरु सार्वजनिक गर्ने तरखरमा जुटेका छन् ।

मन्त्रालयका एक अधिकारीकाअनुसार कृषिको विद्यमान समस्या र अबको बाटोबारे सम्बन्धित पक्ष र निकायसँग छलफल गरिसकेका छन् । ‘मन्त्रीको बिस्तृत योजनामा प्रधानमन्त्रीले पनि ग्रीन सिग्नल दिनु भएको छ’ स्रोतले भन्यो ।

नफूकेको गाँठो र कायपलटका नौ क्षेत्र

नेपाली कृषि क्षेत्रका नौ क्षेत्रमा जरैदेखि उत्खनन् गर्नुपर्ने मन्त्री भुसालको निश्कर्ष छ । मुख्य खाद्य उत्पादन, फलफूल, मूख्य तरकारी बाली, अण्डा र मासु, दूध, माछा, खाद्य स्वच्छता र निर्यातजन्य वालीमा कायपलट नगरी नेपालमा कृषि सुदृढिकरण नहुने भुसालले देखेका छन् ।

मन्त्री भुसालले कृषिमा कायापलट गर्ने ९ क्षेत्र पहिल्याएका छन् । र, समितिहरु बनाएर काम भइरहेको छ ।

१.धान, मकै र वीउविजन

कृषिको यो क्षेत्रको बिस्तृत अध्ययन र आगामी बाटोबारे मन्त्रालयका सहसचिव मदन थापा नेतृत्वमा ८ सदस्सीय समिति बनाएका छन् । डा. केशवबाबु  कोईराला सहितका ९ जना विज्ञ यो विधामा काम गरिरहेका छन् ।

२.फलफूल क्षेत्रविस्तार एवं नर्सरी सुदृढीकरण

सहसचिव डा.शान्ता कार्की नेत्तृत्वको यो टोलीमा विज्ञसहित ६ जनाको टोलीले काम गरिरहेको छ ।

३.तरकारी र आलु

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा हरी केसीको नेतृत्वमा पाँच सदस्सीय रहने गरी यो टोली बनेको छ ।

४.फूल र मासु

डा. विजय चन्द्र झा नेतृत्वमा यो समूह गठन भएको छ । डा. चन्द्र ढकालसहित अन्य ४ जना विज्ञहरु यो समितिमा छन् ।

५.दूध,

डा. दयमन्ती श्रेष्ठ नेतृत्वमा बनेको यो समितिमा डा.रेशम ज्ञावाली, डा.नीवन घिमिरेसहित अन्य तीन जना प्रतिनिधि सहभागी छन् ।

६.माछा,

वैकुण्ठ अधिकारी नेतृत्वमा जागेश्वर यादवसहित अन्य चार सदस्स्य यो समितिमा छन् ।

७.खाद्य स्वच्छता र गुणस्तर नियमन

सवनव सिवाकोटी नेतृत्वमा मोहनकृष्ण मर्हजजनसहित अन्य तीन जना यो समितिमा छन् ।

८.निर्यातजन्य वालीवस्तु

हस्तबहादुर विष्ट नेतृत्वमा शंकर सापकोटासहित अन्य तीन जना यस यो टोलीमा छन् ।

९.प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

आयोजना अन्र्तगतको समितिमा प्रकाश सञ्जेल प्रमुख तोकिएका छन् । रामकृष्ण श्रेष्ठसहित अन्य चार जनासदस्य छन् ।

समितिले के काम गर्छ ?

आगामी आर्थिक वर्षको नीति तथा कार्याक्रममार्फत अघि बढाइने कृषिको दीर्घकालीन योजनामा रणनीति बनाउन समितिका अधिकारीहरु सक्रिय छन् । नौ वटै विषयको विगतको समस्या, वर्तमान अवस्था र भावी योजनाबारे विस्तृत कार्यपत्र बनेको छ, जसमा केन्द्र, प्रदेश र स्थानीय तहको जिम्मेवारी र दायीत्व प्रष्टसँग किटिएको मन्त्रालयका सह प्रवक्ता डा.प्रदीपचन्द्र भट्टराईले बताए । ‘हरेक विषयको शीरदेखि जरासम्म केलाएर रणनीति बनाइएको छ, कृषि र पशु विकास मन्त्रालयमा सायदै यो पहिलो अभ्यास हो,’ डा भट्टराईले भने ।

९ वटा कार्यदलले बनाएका योजनाहरुलाई सुन्ने, थप घटगर्ने र अन्तिम रुप दिने काममा मन्त्री आफैं सक्रिय छन् । हरेक समितिको प्रतिवेदन सुन्ने, थपघट र नयाँ योजना राख्ने काम आफैं गर्नुहुन्छ, हरेक दिन मन्त्रालयमा कार्यपत्र प्रस्तुती र छलफल चल्छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बताए ।

अण्डा र मासुसम्बन्धी टीममा म पनि छु, मन्त्रालयमा राति ११ बजेसम्म खटेर काम गरेका छौं, अन्य साथीहरुको हालत पनि उस्तै छ’ उनले भनेका छन् ।

हरेक कार्यपत्रमा आयत, खपत, नेपालमा उत्पादन अवस्था र सम्भावना, बजार, मूल्य, वितरण प्रणालीजस्ता विषय समेटिएको छ । उत्पादन बढाउन उत्पादन क्षेत्रको पहिचानदेखि मल विउ र सिचाँई तथा भण्डारणका विषय पनि कार्यपत्रमा छन् । रोजगारीका लागि खाडी जाने यूवा रोक्ने उद्देश्यले युवाहरु कृषिमा लागेबापत प्राप्त गर्ने न्युनतम् ज्याला वा मूल्यका विषय पनि समेटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment