Comments Add Comment

इस्टर्न रिजन टी२० : नेपाललाई १५५ रनको लक्ष्य

१७ फागुन, काठमाडौ ।  एसीसी इस्टर्न रिजन टी२० क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियाबाट जितका लागि १५५ रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

मलेसियाका लागि सायद अजजि सायद मुबारकले अर्धशतक प्रहार गरे । उनले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । यस्तै ओपनर मोहम्मद अजवर अरुदिनले ३१ र कप्तान अहमद फैज मोहमद नुरले ३० रन जोडे । रामलेले २९ रन जोडे । ८९ रन हुँदा ५ विकेट गुमाएको मलेसियाका लागि सायद अजिज र अमिनुदिन रामलेले उत्कृष्ट ब्याटिङ गरे । यी दुईले छैटौं विकेटका लागि अर्धशतकिय साझेदारी गरेपछि मलेसियाले मध्ययम स्कोर बनाएको हो । छैटौं विकेटका लागि यी दुईले ६३ रनको साझेदारी गरे । करण केसीले अन्तिम ओभरमा रामलेलाई आउट गर्दै साझेदारी तोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ र अभिनाश बोहराले २ विकेट लिए । सन्दीपले मलेसियाको पहिलो विकेट लिएपछि टी२० क्रिकेटमा नेपालबाट १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने । खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई पहिले विकेटका रुपमा आउट गरेका थिए । त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । उक्त ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् ।

नवौँ ओभरमा सन्दीपले नै अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । अभिनाशले १४औं ओभमा अहमद फैज मोहमद नुर र मोहमम्द अरिफ जमालदिनलाई आउट गरेका थिए । अभिनाले ४ ओभरमा ३९ रन रखर्चेर २ विकेट लिए ।

मलेसिया विरुद्ध ३ विकेट लिएपछि राष्ट्रिय टिमका लागि सन्दीपको विकेट संख्या ३१ पुगेको छ । अरु ७१ विकेट उनले विश्वका विभिन्न फ्रेन्चाइज टी२० लिगमा लिएका थिए ।

यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment