+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते २०:१४

२० फागुन, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

अख्तियारले शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६/८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

अख्तियारले उनीहरु तीनैजनाविरुद्द्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी तालिम केन्द्रले रकम हिना मिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै लेखापाल विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?