+
+
Shares

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १२:५७

२१ फागुन, काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

भारतको मगध विश्वविद्यालय बोधगयाबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो ।

कार्कीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध छानबिन अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकोले कार्कीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?