
२१ फागुन, काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिसबीच सम्झौता भएको छ।
सम्झौताअनुसार फोन पेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ।
यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ। जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्नसक्ने बताइएको छ।
सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट गुर्पका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन्।
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख वाशु अधिकारीले जानकारी दिए।
कृषि बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयबाट सरकारी कारोवार गर्दै आएको छ। फोन पे सर्भिस लिमिटेडका ९२ हजार बढी मर्चेन्ट रहेका छन्।
प्रतिक्रिया 4