+
+
Shares

नेपाल-भारत सीमाको ३७ नाकामा पनि चेकजाँच गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १५:२७

२२ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल-भारत ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ ।

उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै आउजाउ हुने नेपाल र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिनेछ ।

प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?