Comments Add Comment

कपिराइटको विषयमा मन्त्रीसँग स्रष्टाहरुको छलफल

प्रतिलिपि अधिकार र स्रष्टाहरुको रोयल्टीको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री मा. योगेश भट्टराईले कला, साहित्य तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुसँग छलफल गरेका छन् । बिहिबार मन्त्रालयमा नै बोलाएर योगेशले स्रष्टाहरुसँग छलफल गरेका हुन् ।

छलफलमा धेरै कुराहरु भएको यादव खरेलले बताए । उनले भने, ‘त्यहाँ छलफल भएको विषयमा त एउटा पेपर नै तयार भएको छ । विशेषगरी त्यहाँ कपिराइटको विषयमा नै छलफल भएको छ ।’

अहिले कपिराइटको विषयमा आइरहेको विवाद र भविष्यमा त्यसलाई सावधानको लागि नयाँ सर्भर राख्ने विषयमा छलफल भएको यादवले बताए । त्यहाँ कपिराइटको विवादलाई हेर्ने एउटा कमिटी बनाउने पनि निर्णय भएको उनले सुनाए ।

‘एउटा कमिटी खडा गर्ने र एक महिनामा सबै कुराहरु पेश गर्ने निर्णय भएको छ’, खरेलले भने, ‘कमिटीले दिएको रिपोर्ट अनुसार काम-कारवाही सुरु गर्ने छलफल भएको छ ।’

कमिटीमा को-को रहने भन्ने अहिले तय भइनसकेको उनले बताए । भने, ‘कमिटी तय भइसकेको छैन । चाडै नै कमिटी तयार गरेर यसमा काम गर्न लाग्नेछौँ ।’ मन्त्रीले नै चासो दिएर छलफल गर्नु स्रष्टाहरुको लागि खुसीको कुरा भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment