
२२ फागुन, वीरगञ्ज । नक्कली नागरिकताका आधारमा राहदानी बनाउन खोजेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।
बिहीबार राहदानी बनाउन आएका अभिषेक साहलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको जिम्मा लगाएको हो । कीर्ते गरेर नागरिकता बनाएको आशंकामा अनुसन्धानका लागि प्रहरीमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
साहको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएको र हस्ताक्षर पनि नमिलेको बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4