Comments Add Comment

तिलोत्तमामा गर्भवतीसँग उपप्रमुख कार्यक्रम

२३ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र जन्मिने शिशुको स्वास्थ्यलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिइन् ।

कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्‍याउनुपर्ने विषयबारे चेतना फैलाउने विश्वास लिएको उनले बताइन् ।

शुक्रबार वडा नम्बर १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु गरिएको हो ।

नगरबासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्यालसियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

तिलोत्तमामा वर्षेनी सरदर तीन हजार जना महिला सुत्केरी हुने गरेको स्वास्थ्य शाखाको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment