Comments Add Comment

अभाव टार्न नयाँ मास्क उद्योग खोल्ने तयारी

२३ फागुन, काठमाडौं । मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् ।

त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन गर्न सुरु गर्ने तयारी भएको जानकारी दिए । केही दिनअघि सरकारसँग भएको छलफलमा सरकारले सघाएमा मास्क उत्पादन गर्न सकिने प्रतिवद्धता निजी क्षेत्रले जनाएको थियो ।

त्यसलाई पुष्टि गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा भनेका थिए, ‘अहिले व्यवसायी साथीहरुको टिम मास्क उत्पादनको पूर्वतयारीमा हुनुहुन्छ । आवश्यक अध्ययनसहित कागजपत्र तयार गरेर काम अघि बढाइँदैछ ।’

चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठकाअनुसार कति क्षमताको कस्तो उद्योग स्थापना गर्ने भन्ने विषय छलफलमै छ । शुक्रबारसम्म यो विषय टुंगो लगाइने उनले बताए ।

तर अहिले भारतमा नै मास्क उत्पादनका लागि चाहिने कच्चा पदार्थ महंगो भएको छ । त्यसैले एउटा मास्क उत्पादन गर्न ८ रुपैयाँसम्म लाग्न सक्ने देखिएको छ ।

सरकारले भन्सारलगायतका छुट प्रदान गरेमा सुलभ मूल्यमै नेपाली उपभोक्तालाई मास्क प्रदान गर्न सकिने बताए । शुक्रबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि मास्क र स्यानिटरी आइटममा तत्कालका लागि भन्सार मिनाहा गर्न आग्रह गर्दै अर्थ मन्त्रालय पत्र लेख्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस मास्कको नालीबेली : बजारमा माग बढ्यो, उद्योग बन्द हुन थाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment