Comments Add Comment

बालुवाटार जग्गा प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन म्याद जारी

विशेष अदालतबाट ७४ प्रतिवादीविरुद्ध म्याद जारी

२३ फागुन, काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

पूर्वउपप्रधानमन्त्री गच्छदारलाई ललिता निवासको सरकारी÷सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

अदुअआले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अदुअआका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।

पन्त र बस्न्यातले सचिव हुँदा भ्रष्टाचार गरेको अदुअआको आरोपपत्रमा उल्लेख छ ।

अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, समरजङ्ग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ ।

७४ प्रतिवादीविरुद्ध म्याद जारी

अदुअआले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । उनीहरू मध्ये ७४ जनाको नाममा म्याद जारी भएको विशेष अदालतका उपरजिस्ट्रर इन्द्रकुमार खड्काले जानकारी दिए ।

खड्काका अनुसार भ्रष्टाचारको आरोप लागेका ११० मध्ये ४४ र जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाको नाममा म्याद जारी भएको हो ।

जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्य लगायतको नाममा म्याद जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment