Comments Add Comment

धनगढी उपमहानगरका विद्यालय बन्द गर्न निर्देशन

२३ फागुन, काठमाडौं । धनगढी उपमहानगरपालीकाले कुनै पनि विद्यालयमा पठनपाठन वा परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवल कोरोना (कोभिड–१९) भाइरसका कारण शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको धनगढीका मेयर नृपबहादु बडले जानकारी दिए ।

उपमहानगरपालीकाले अर्को सूचना नआउँदासम्मका लागि आइतबारदेखि सामुदायिक तथा नीजि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयले ५ चैतभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो । मनत्रालयको निर्देशन अनुसार विद्यालयहरू परीक्षा तालिका सार्वजनिक गरिरहेका बेला धनगढी उपमहानगरपालीकाले भने २५ फागुनदेखि नै विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment