Comments Add Comment

सागका स्वर्णधारी गल्फर सम्मानित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका नेपाली गल्फरलाई नेपाल गल्फ संघले सम्मानित गरेको छ ।

संघले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सागमा पदक जितेका नेपाली गल्फरलाई सम्मानित गरेको हो ।

सागमा नेपालले २ स्वर्ण र २ कास्य जितेको थियो । सुवास तामाङले व्यक्तिगत र टिम ईभेन्टमा गरी दोहोरो स्वर्ण जितेका थिए ।

यस्तै महिला टिम ईभेन्टमा कास्य पदक जितेको थियो । पुरुष तर्फ शुक्रबहादुरले कास्य जितेका थिए ।

पुरुष टिम ईभेन्टमा सुवास तामाङ, शुक्र बहादुर राई, टंक कार्की र निरज तामाङ थिए । सबैलाई टेलरमेड गल्फ सेट प्रदान गरिएको छ ।

महिला टिममा कस्मिरा शाह, रविना श्रेष्ठ र सुस्मा कोईराला थिए । उनीहरुलाई संघले टेलरमेड गल्फ सेट पनि प्रदान गरेको छ ।

यस्तै प्रशिक्षकद्वय दिपक थापा र धनबहादुर थापा तथा म्यानेजर मदन राना र सीबी भण्डारीलाई पनि संघले सम्मान गरेको छ ।

सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिना लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment