Comments Add Comment

गल्कोटमा ढुंगाका मूर्तिको रौनक [ फोटोफिचर ]

२४ फागुन, पोखरा । गण्डकी प्रदेशअन्तरगत गल्कोट नगरपालिकाको टेउवामा हालै अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु सहभागी गराएर आयोजना गरिएको कार्यशालाले देशभरिका कलाप्रेमीको ध्यान खिच्यो । यस अवसरमा स्थानीय र कलाकारहरूले एकापसमा सद्भाव साटासाट गरे । चिनाजानी गरे ।

कार्यशालामा नेपालबाट मूर्तिकारहरू प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले सहभागिता जनाएका थिए ।

यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या पि्रमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोले सहभागिता जनाए ।

कार्यक्रममा दशजना विदेशी कलाकार समेतको आगमनले बाग्लुङबासी हषिर्त भए । जिल्लाका टाढा टाढादेखि मूर्ति हेर्न स्थानीयवासीहरु टेउवा आइपुगे । आफ्नै आँखा अगाडि कलाकारले सुन्दर मूर्ति तयार पारेको देखेर उनीहरु उमंगित बने ।

मूर्तिकारहरुको अन्तराष्ट्रिय संस्था (एआइएसएम) ले कार्यर्शालालाई बुधबार मान्यता दिएको छ । उक्त संस्थाले पठाएको प्रमाणपत्र ‘गल्कोट कला केन्ऽ’लाई हस्तान्तरण गरिएको छ ।

कार्यशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मूर्तिकला कार्यशालाका अन्तराष्ट्रिय संयोजक ओम खत्री बताउँछन् ।

गल्कोट कला केन्द्रका अध्यक्ष पूर्णबहादुर राना भन्छन्, ‘कार्यशालालाई सफल ढंगले सञ्चालन गर्न सकेकोमा सबैप्रति आभारी छौँ ।’

कार्यशालामा सहभागी सम्पूर्ण कलाकारलाई बिहीबार बिहान कामको प्रशंसा गर्दै कलाश्रमको मूल्यसहित बिदाइ गरिएको छ ।

कार्यशालास्थलका केही तस्वीर

( आरके अदीप्त गिरीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment