Comments Add Comment

बालबालिकासँग माफी माग्न आवश्यक छ ?

बालबच्चाले होमवर्क गरेनन्, सरसफाई गरेनन्, साथीभाईसँग झगडा गरेमा वा कुनै गल्ती गरेमा हामी उनीहरुलाई माफी माग्न सिकाउँछौं ।

त्यसो गर्दा हामीलाई के लाग्छ भने बालबालिकाहरुले अर्को पटक दोहोर्‍याएर त्यही गल्ती गर्दैनन् । तर त्यसरी माफ पाउँ गल्ती स्विकारेर माफ पाउँ भन्ने पालो तपाईंको आयो भने तपाईंले के गर्नु पर्छ ? के बालबालिकाहरुलाई पनि तपाईंले माफ पाउँ भन्नु आवश्यक छ ? यदि आवश्यक छ भने माफ पाउँ भन्ने सही तरिका कस्तो हुनुपर्छ ? यसले बालबालिकामाथि कस्तो प्रभाव पर्छ ?

माफ पाउँ भन्न किन हिच्किचाउँछन् अभिभावक ?

कतिपय अभिभावकलाई के लाग्छ भने गल्ती भएपछि बालबालिकाहरुसंग माफी माग्दा अथवा उनीहरुलाई माफ पाउँ भनिदिँदा बालबालिकाहरुको सामुन्ने उनीहरुको कमजोरी देखिन्छ । बालबालिकाहरुले उनीहरुको मजाक उडाउन सक्छन् अथवा आगामी दिनमा उनीहरुले अभिभावकको कुरालाई गम्भिरतापूर्वक लिँदैनन् ।

तर, मनोविज्ञानले भने वास्तविकता ठिक उल्टो भएको बताउँछ । आफ्नो गल्तीलाई स्विकार गरेर तथा उनीहरुसंग माफी मागेर तपाईंले बालबालिकाहरुको नजरमा इज्जत कमाउनु हुनेछ । बालबालिकाहरुले ती ठूला व्यक्तिहरुको इज्जत बढी गर्छन्, जसले आफ्नो गल्तीलाई स्विकार्छन् । ठूला मान्छेले गल्ती नै गर्दैनन् भन्ने सोच्नेहरुलाई बालबालिकाहरुले समेत इज्जत गर्दैनन् ।

तपाईंद्वारा माफ पाउँ भनिएपछि बालबाकिलाहरुले के कुरा बुझ्छन् भने आफ्नो गल्तीलाई स्विकार गर्नु तथा त्यसलाई सुधार्ने दिशामा काम गर्नु एउटा प्राकृतिक प्रकृया हो । त्यमाफ पाउँ माफी माग्दा बालबालिकाहरुको मनबाट तपाईप्रतिंको डर हराउँछ अथवा तपाईंलाई हल्का रुपमा लिन्छन् भन्ने कुरा सोच्नु हुन्छ भने त्यो बिल्कुलै गलत हुनेछ । बालबालिकाहरुले तपाईं नै घरको मुली हो भन्ने कुरा राम्ररी बुझेका हुन्छन् । त्यसैले अभिभावकले बालबालिकाहरुलाई माफ पाउँ भन्दा तपाईंको पद घट्ने होइन, उल्टै बढ्छ भन्ने कुरा बुझ्नु पर्छ ।

माफी नमाग्दा बालबालिकाले लगाउने अर्थ

तपाईंले आफ्नो गल्तलाई स्विकार नगर्नु होला, तर यदि तपाईंबाटै गल्ती भएको छ भने त्यो कुरा बालबालिकाहरुले थाहापाइ हाल्छन् । त्यस्तो बेला यदि तपाईंले आफ्नो गल्तीका लागि माफ पाउँ भन्नु भएन भने बालबालिकाहरुलाई यी सन्देशहरु दिइरहनु भएको हुन्छ :

-माफ पाउँ भन्नुको अर्थ के हो भने तपाईंले केही गलत गर्नु भएको छ ।

-केही बालबालिकाहरुले त के पनि बुझ्छन् भने माफ पाउँ भन्नुको अर्थ तपाईं नै खराब हुनुहन्छ ।

-सानातिना गल्तीहरुलाई वेवास्ता गर्नुमा कुनै पनि खराबी छैन ।

-माफ पाउँ भनेर हामी बिना कारण सानो कुरालाई ठूलो बनाइरहेका हुन्छौं ।

-जब तपाईं माफ पाउँ भन्नु हुन्छ, त्यो बेला तपाईंको स्टाटससंग सम्झौता गरिरहनु भएको हुन्छ ।

-जबसम्म तपाईंलाई कसैले भन्दैन, माफी माग्ने सवाल नै पैदा हुँदैन ।

तपाईंले माफी मागेर बालबालिकाहरुलाई के सिकाइरहनु भएको हुन्छ ?

आफ्ना गल्तीमा तपाईंले माफ पाउँ भनिदिँदा बालबालिकाहरुले कसैले केही नसम्झाइ निम्न कुराहरु सिकिरहेका हुन्छन् ः

-हामी ठूला छौं अथवा साना, गल्ती जोबाट पनि हुनसक्छ । हामीले गल्ती गर्नबाट बच्नुका साटो आफ्नो गल्तीलाई स्विकार्नु तथा त्यसलाई सुधार्ने कुरामा ध्यान दिनु पर्छ ।

-हामीले कहिलेकाहिं जानी-नजानी मानिसहरुको भावनाहरुमा ठेस पुर्‍याइरहेका हुन्छौं । त्यस्तो बेलामा आफूभन्दा अघिल्तिरको व्यक्तिसंग माफी माग्नु अति नै अनिवार्य हुन्छ । त्यसले सम्बन्ध राम्रो बनिरहन्छ । अघिल्तिरको व्यक्तिले पनि सकारात्मक अनुभव गर्छ ।

-माफी मागेर हामी सानो हुँदैनौं, बरु अघिल्तिरको व्यक्तिको नजरमा हामी थोरै भए पनि अझ ठूलो हुनेछौं ।

-आफ्नो गल्तीलाई स्विकार गर्नुमा कुनै पनि प्रकारको हिनतावोध हुनु हुँदैन, न त लज्जास्पद नै हुन्छ । वास्वतमा हामीले गल्ती स्विकार गरेर आफ्नो छातिको बोझ नै हल्का गरिरहेका हुन्छौं ।

-यसबाट सबैभन्दा पहिलो कुरा त तपाईंहरु दुबैका बीच आपसी विश्वास तथा प्रेम बढ्ने छ । तपाईं स्वयंले माफ पाउँ भनेर उनीहरुको अघिल्तिर एउटा आदर्श व्यक्त गरिरहनु भएको हुनेछ । आज नभए भोलि उसले तपाईर्ंको उक्त व्यवहारप्रति गर्व गर्नेछ ।

-तपाईं घर भित्र र बाहिर सबैको पि्रय बन्नु हुनेछ । मानिसहरुले तपाईंको  समझदारीको प्रशंसा गर्नेछन् ।

बालबालिकाहरुलाई कहिले र कहाँ भन्ने माफ पाउँ ?

-तपाईंले माफ पाउँ भनिरहँदा केवल औपचारिकता पुरा गर्नका लागि मात्र नभन्नु होला  । माफ पाउँ भन्नुको अर्थ के हो भने तपाईंलाई तपाईंको कुनै कुराप्रति अथवा कामप्रति पश्चाताप छ । यो कुरा तपाईंको माफ पाउँ भन्ने शैलीबाट समेत झल्किनु पर्छ । तपाईंले आफ्नो गल्तीको जिम्मेवारी लिँदै माफ पाउँ भन्नु पर्छ ।

-जब तपाईं बालबालिकारुलाई माफ पाउँ भनिरहनु भएको हुन्छ, त्यो बेला तपाईंहरुले कुन कुराप्रति पश्चाताप भैरहेको छ भन्ने कुरा पनि उल्लेख गर्नु पर्छ । त्यस्तो के कुरा भएको थियो, जसका कारण तपाईं निराश हुनु भएको थियो भन्ने कुरा पनि बताउनु पर्छ । हो, माफ पाउँ भनेर गल्तीको दोष बालबालिकामाथि लगाउने कार्यबाट भने बच्नु पर्छ ।

-आफ्नो गलत व्यवहारको बारेमा बताउनुका साथै के पनि व्याख्या गर्नु पर्छ भने तपाईंको व्यवहारमा के चाहिं गलत थियो । त्यसले बालबालिकाले भविष्यमा त्यस्तै प्रकारको गल्ती गर्नबाट बच्छन् ।

-यदि बालबालिकाहरु तपाईंको व्यवहारबाट झस्किए अथवा दुःखी भए भने तपाईंले उनीहरुको भावनालाई बुझ्नु हुन्छ भनेर सम्झाउनु पर्छ । यो प्रसंगमा केवल माफ पाउँ भनेरमात्र पुग्दैन ।

-बालबालिकालाई केवल माफ पाउँ मात्र भन्ने होइन, उनीहरुलाई तपाईंले भविष्यमा पुनः त्यस्तो गर्नु हुने छैन पनि भन्नु पर्छ । यदि तपाईंलाई बालबालिकाको कुनै कुरामा रिस उठेको थियो भने भविष्यमा उसले पुनः त्यही गल्ती कहिले पनि दोहोर्‍याउने छैन ।

-माफ पाउँ भनेपछि तत्काल हँसी-मजाक गर्ने अथवा त्यही गल्तीलाई दोहोर्‍याउने कार्यबाट बच्नु पर्छ । त्यसबाट बालबालिकाले माफ पाउँ भनेको केवल औपचारिकता मात्र रहेछ भन्ने पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment