+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

झापाको दमकमा कविता तङ्सिङ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १४:२२

२५ फागुन, काठमाडौं । २०७६ साउनमा काठमाडौंमा फरक किसिमको साहित्यिक कार्यक्रम भएको थियो । ‘कविता तङ्सिङ’ नाम दिइएको उक्त कार्यक्रममा लिम्बू समुदायका कविहरुले मात्र कविता वाचन गरेका थिए । त्यसै अवसरमा रैथाने संगीत र कविता तङ्सिङबारे जानकारी गराइएको थियो ।

राजधानीमा भएको यही कार्यक्रमको झल्को दिने गरी ‘याक्थुङ लेखक संघ’ झापाको आयोजनामा कविता तङ्सिङ्–२ शनिबार झापाको दमकमा गरिएको छ ।

दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा ३२ जना याक्थुङ (लिम्बू) कवि सहभागी थिए । कविहरू धर्मेन्द्र नेम्वाङ, कुमार लिङ्देन ‘मिराक’, अभागी थेगुवा, सन्तोष थेबे, सन्देश सुब्बा, टंक सेलिङ, केजी सुब्बा, राजकुमार सुब्बा ‘अनिश्चित,’ उदय पन्धाक, कैलाश शिखर, सेलिङ केसी, सन्त थलङ, सुमन लिङदेन, गगन योक्पाङदेन, इक्साहाङ चेम्जोङ, पार्वता पोमु ‘जिज्ञासु,’ सुनिल आङ्बो, प्रदीप योङहाङ, युवीर चेम्जोङ, मञ्जु थेगिम र कविन तुम्बापोले कविता वाचन गरे ।

त्यस्तै पुष्पहाङ लोवा, रानीटारे माइला, मुक्साम लाबुङ, साम्जीरी शेर्मा, निशा लोवा, रचना लावती, आन्छुमे नशान, कल्पना लिङ्देन र चुक्सा याप्मीले लिम्बू भाषाको कवितावाचन गरेका थिए ।

कविता तङ्सिङमा प्रदेश–१ का निवर्तमान प्रदेशप्रमुख डा. गोविन्द तुम्बाहाङले कविहरूको कल्पनाशक्ति र सिर्जनाशक्तिले नै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

कविता तङ्सिङमा तुम्याङ (अतिथि) को रुपमा श्रीप्रसाद जबेगु, वीर नेम्बाङ, सञ्जुहाङ पालुङवा, खगेन्द्र माखिम, हाङयुग अज्ञात, कृष्ण बराल, प्रकाश थाम्सुहाङलगायत उपस्थित थिए ।

तङसिङ अनुष्ठानमा जस्तै बाँसको लिंगो (याग्राङसिङ) राखेर गरिएको कविता तङ्सिङमा कलाकार यासेली योङहाङले ‘येवा नाच’ प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?